Shittalpati
बागलुङका आठ ठूला सडक स्तरोन्नति हुँदै
बागलुङका आठ ठूला सडक स्तरोन्नति हुँदै यस वर्ष बागलुङमा आठ वटा ठूला सडक आयोजना स्तरोन्नति हुन थालेका छन् । संघीय सरकार अन्तर्गतका आयोजना सडक डिभिजन कार्यालय बागलुङमार्फत स्तरोन्नति हुन थालेका हुन् ।
वर पिपल र पानीका मुहान जोगाउन बाँस हटाउने अभियान
वर पिपल र पानीका मुहान जोगाउन बाँस हटाउने अभियान सार्वजनिक जग्गामा लगाइएका बाँसले पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरु मासिँदै जान थालेपछि यहाँ  सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ ।
पुल बन्न थालेपछि विद्यार्थी र स्थानीय खुसी
पुल बन्न थालेपछि विद्यार्थी र स्थानीय खुसी दाङको बबई गाउँपालिका–२ ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले सधैंँ पीडित हुन्थे । वर्षायाममा आवागमन ठप्प हुँदा गाउँमै बस्नुपथ्र्यो तर अब गाउँलेका दुःखका दिन जाने पक्का भएको छ । लुम्बिनी प्रदेश सरकारको ४६ लाख लागतमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् ।       
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिए । 
प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या
प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या दाङमा एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।
गण्डकीमा क्षेत्रफलसँगै सुन्तला उत्पादन बढ्यो
गण्डकीमा क्षेत्रफलसँगै सुन्तला उत्पादन बढ्यो गण्डकी प्रदेशका किसानले यस वर्ष ५४ हजार दुई सय २८ मेट्रिक टन सुन्तला फलाएका छन् । जुन गत वर्षको तुलनामा एक हजार आठ सय ९७ मेट्रिक टनले बढी हो ।
गुल्मीमा खसीबोका बिक्रीबाट मनग्य आम्दानी
गुल्मीमा खसीबोका बिक्रीबाट मनग्य आम्दानी गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसान धेरै छन् । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि यहाँका किसान बाख्रापालनलाई आफ्नो दैनिकीसँग जोड्दै जान थालेका हुन् ।
अर्घाखाँचीमा जिप दुर्घटना, दुई जनाको मृत्यु
अर्घाखाँचीमा जिप दुर्घटना, दुई जनाको मृत्यु अर्घाखाँचीको ढाकावाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जिप शनिबार बिहान दुर्घटना भएको हो ।
सैन्य कारबाहीमा दुई विद्रोहीको मृत्यु
सैन्य कारबाहीमा दुई विद्रोहीको मृत्यु पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको कारबाहीमा दुई विद्रोही लडाकू मारिएको सेनाले जनाएको छ ।
तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन पेश
तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन पेश प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारकातर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ ।
जनवरीमा आए ७९ हजारभन्दा बढी पर्यटक
जनवरीमा आए ७९ हजारभन्दा बढी पर्यटक सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
वैदेशिक रोजगारीमा छ सयभन्दा बढीलाई ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीमा छ सयभन्दा बढीलाई ठगी गर्ने पक्राउ वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै  छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर बस्ने ३२ वर्षीय विकाश वाइवा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले जनाएको छ । पक्राउ परेका उनलाई प्रहरी आज सार्वजनिक गरेको हो । 
Weather Update