Shittalpati
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

काठमाडौँ, नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुहुने जानकारी गराए । 

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरे । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update