Shittalpati
सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नु भएको प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो । बैठकमा प्रधानमन्त्री दाहालले “राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गका थिए ।

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिका थिए । प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते दिउँसो ४ बजे बस्नेछ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update