बेमौसमी वर्षाले धानमा क्षति, किसान चिन्तित
शनिबार, कात्तिक १५, २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
शुक्रबार, कात्तिक १४, २०८२
म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन् । आवाजको भरमा मान्छे चिन्छन् । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाएका छन् । कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका...
चिन्तामा किसान : स्याहार्ने बेला वर्षाले बिगार्यो धान
बिहीबार, कात्तिक १३, २०८२
किसानले मानो रोपी फलाएको मुरी धान वर्षाले विगारेपछि चिन्तित बनेका छन् । तिहार लगत्तै काटेका धान स्याहार्न नपाउँदै पानी परेपछि पाल्पाका किसान चिन्तित बनेका हुन् ।
किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण
मंगलबार, कात्तिक ११, २०८२
गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।
रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए
मंगलबार, कात्तिक ११, २०८२
रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी बिक्री गरेर आएको आम्दानीबाट यस वर्षको दसैँतिहार मनाए । विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि यस वर्ष घरमा उत्पादित खुर्सानी बिक्रीबाट मनग्य आम्दानी भएको बताउँदै सोहीबाट दसैँतिहार मनाइएको उनले उल्लेख गरे ।
असोजमै फुल्यो ‘पलम’
बिहीबार, असोज ३०, २०८२
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो ।
धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती
बुधबार, असोज २९, २०८२
बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो ।
किसानलाई धान काट्ने चटारो
बुधबार, असोज २९, २०८२
लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै थिईन् । धान काट्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।”
केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै रोकाय
मंगलबार, असोज २८, २०८२
राप्ती गाउँपालिका–५ छोट्की सिसहनियाका भानुभक्त रोकाय आठ वर्षदेखि केराखेतीमा लाग्नुभएको छ ।उनले केराखेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्दै आएका छन ।अहिले रासायनिक मलको प्रयोग गरेर खेती गर्ने परिपाटीको विकास भइरहेको समयमा केराखेतीले माटोलाई मलिलो र आम्दानी पनि हुने भन्ने लागेर केराखेतीमा लागेको रोकायले बताए ।
एक दशकदेखि निरन्तर व्यावसायिक कृषिमा
सोमबार, असोज २७, २०८२
जिल्लाको रेसुङ्गा नगरपालिका–६ का प्रेम नेपाली विगत एक दशकदेखि निरन्तर कृषि कर्ममा लागेका छन् । ४६ वर्षीय नेपालीले २०७२ सालमा १८ रोपनी जग्गा भाडामा लिएर तरकारीखेती सुरु गरेका थिए । उनले थप एक सय ४० रोपनी जग्गा भाडामा लिएर अहिले खेती विस्तार गरेका छन् ।
केरा बिक्री नहुँदा किसान मर्कामा
सोमबार, असोज २७, २०८२
राप्ती गाउँपालिका(७ सिसहनियाका रणप्रसाद सुवेदीले व्यावसायिक रूपमा केराखेती गरेको सात वर्ष भयो। ५४ बर्से सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित छन्। दुई बिघाबाट केरा खेती सुरु गरेका उनले अहिले भने ५४ बिघा क्षेत्रफलमा खेती गरेको बताए। केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उनले...
गुल्मीमा ३८ जातमा कफीको जातीय परीक्षण गरिँदै
शुक्रबार, असोज १०, २०८२
गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो ।
अविरल वर्षाले धानबालीमा क्षति
शनिबार, असोज ४, २०८२
हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पुर्याएको छ ।


