Shittalpati
तानसेनमा पाँचौ य : मरी महोत्सव हुँदै

पाल्पा, तानसेको टक्सार टोलमा यःमरी महोत्सव तथा तथा फुड फेस्टिवल हँुदै छ । यही मंसिर १३ गते शनिबार तानसेन नगरपालिका वडा नंं ३ टक्सार टोलमा योमरी महोत्सव हुन लागेको हो ।

पछिल्लो समय स्थानीय परिकार, भेषभुषा कला संस्कृती परम्परा संस्कार हराउँदै गएको अवस्थामा पचिहान जोगाउँदै इतिहासबारे युवा पुस्तामा जानकारी गराउन  महोत्सव गर्न लागिएको आयोजक मैत्री क्लव टक्सारले जनाएको छ । नेवारी कलासंस्कृति बचाउन, युवा पुस्तामा नेवारी खाना तथा परिकारको बारेमा जानकारी गराउन, टक्सारटोललाई नेवारी कलासंस्कृतिको रुपमा चिनाउन, तानसेनमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने मुख्य उद्देश्यका साथ  महोत्सवको आयोजना गरिएको आयोज क्लवकी अध्यक्ष पञ्च शाक्यले जानकारी दिइन ।

नेवारी चालचलन परम्परा अनुसार  मंसिर पूर्णिमामाको दिन नयाँ धान भित्र्याएपछि घरभित्र धानको भकारी बनाउने, धानको भकारीलाई विधिवत रुपमा गशेण, शिव लगायतका भगवानको स्वरुप बनाएर पुजा आजा गर्ने र नयाँ धानको य:  मरी बनाएर खाने र खुवाउने चलन रहेकाले नेवारी कलासंस्कृती बचाउन महोत्सवको आयोजना गरिएको महोत्सवका प्रचार संयोजक एवं क्लवका पुर्व अध्यक्ष रिलनमान महर्जनले बताए । यःमरी नेवारी समुदायले मात्र बनाउने र बढी मात्रा खाने प्रचालन रहेको छ । य भनेको नेवारी भाषामा मनपर्ने मरी भनेको रोटी, अर्थात मन पर्ने रोटीको रुपमा नेवारी समुदायमा लिने गरिन्छ । य:  मरी चाकु, गुड, खुवा र तिल लाई चामलो पिठो भित्र राखेर पकाईन्छ र तातो खाने गरिन्छ ।

महोत्सवमा २५ वटा स्टलहरु रहने, दिउँसो १२ बजे देखी साँझ ८ बजे सम्म फुड फेस्टिवल सञ्चालन हुने पुर्व अध्यक्ष एव आर्थिक विभाग संयोजक तुम्ला बज्राचार्यले बताईन । महोत्सवलाई सफल बनाउन ८ वटा विभिन्न विभागहरु गठन गरी परिचालन गरिएको आयोजक पक्षले  पत्रकार सम्मेलनमा जानकारी  गराएको छ । महोत्सवमा तानसेन नगरपालिका वडा नंं ३ ले आर्थिक रुपमा सहयोग गरेको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले नेवारी कलासंस्कृति बचाउन, पुस्ता हस्तान्तरण गर्न, ऐतिहासिक टक्सारटोलको प्रचार–प्रसार गर्न महोत्सवले ठूलो सहयोग पुग्ने बताए । पाल्पाली मिडियाहरुले यःमरी महोत्सवको प्रचार–प्रसारमा साथ दिने अध्यक्ष तिमिल्सेनाले जोड दिए । क्लवका अध्यक्ष पञ्च शाक्यको सभापतित्वमा भएको कार्यक्रममा प्रचार विभाग प्रमुख रिलनमान महर्जनको स्वागत र सचिव सुशिला शाक्यको सञ्चालनमा भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update