Shittalpati
उद्योग स्थापनापछि उखु किसानको जीवन सुधार
उद्योग स्थापनापछि उखु किसानको जीवन सुधार गुल्मीको रूरूक्षेत्र गाउँपालिका–३ थोर्गा पानीट्याङ्कीका गोविन्द ज्ञवालीको पुख्र्यौली पेसा थियो उखुखेती । उनले उखुबाट खुदो र गुड बेचेरै आम्दानी गरिरहेका छन् । ज्ञवालीले ढाई रोपनी जग्गामा गरेको उखु खेतीबाट वार्षिक ५८ हजार आम्दानी गर्दै आएका छन् । उखु खेती बाहेक परिवार अन्य कृषि पेशामा आवद्ध छ भने गोविन्दले गाउँमै स्थापना...
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वन क्षेत्रमा आगो लागेको छैन । 
बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ
बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ यहाँका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहेका छन् । उनले विसं २०७० मा ‘जुना बाख्रापालन फर्म’ दर्ता गरी व्यवसाय सुरु गरेका थिए ।
काँक्रा बिक्री गरेर वार्षिक ३० लाख आम्दानी !
काँक्रा बिक्री गरेर वार्षिक ३० लाख आम्दानी ! देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका वेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका– ५ खज्य्राङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि पेसा सुरु गरेका हुन् ।
गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’
गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च ९भिटोफ० गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ ।
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति गत साता आएको हुरीसहितको वर्षाले यहाँको केराखेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोले बताए । 
सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा
सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा गुल्मीको कालीगण्डकी गाउँपालिकाका किसान किबीखेतीमा आकर्षित भएका छन् । वडा नं १ सिरकोटको सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा लागेको हो । 
गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन
गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषकहरूले उत्पादन गरेका कृषिउपजलाई सहज रूपमा आन्तरिक एवं बाह्य बजारसम्म निर्यात गर्न सहयोग पुर्‍याउने उद्देश्यले पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिएका छन् । उनले १३ बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएका छन् । 
समूहबाट आर्थिक समृद्धि खोज्दै महिला
समूहबाट आर्थिक समृद्धि खोज्दै महिला घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् ।
विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा संलग्न
विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा संलग्न वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा सम्लग्न भएका हुन् ।
Weather Update