Shittalpati
हराउँदै स्थानीय बाली
हराउँदै स्थानीय बाली बाँकेका किसान छिटो र बढी उत्पादनको खोजीमा भौतारिँदा स्थानीय बालीका धेरै जात हराउन थालेका छन् । कोहलपुर नगरपालिकाको मैटहवामा भइरहेको दुई दिने १६ औँ राष्ट्रिय जिन बैंक स्थापना दिवसमा किसानसँग रैथाने तथा स्थानीय बालीका बीउ, तिनका विशेष गुण, संरक्षण र उपयोगिताबारे छलफल गरिएको हो ।
बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे । साँझ परेपछि पनि उनीहरू घर फर्किन पाउँदैनथे ।
धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित
धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित भएका छन् । अचानक धानखेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीले बताए ।
जागिरसँगै कृषि कर्म
जागिरसँगै कृषि कर्म गुल्मीको सत्यवती गाउँपालिका–४ एक्सिड्ढा कृषक फत्तमान थापाले सरकारी सेवासँगै आफ्नै पाखोबारीमा फलफूलखेती गरेर हराभरा बनाएका छन् । सरकारी सेवामा सत्यवती गाउँपालिकामा सब–इन्जिनियरमा कार्यरत थापाले जागिरसँगै कृषिलाई सँगसँगै अघि बढाए ।
हराउँदै गाउँघरको रैथाने तरकारी
हराउँदै गाउँघरको रैथाने तरकारी बढैयाताल गाउँपालिका–३ का जोधनी थारुको बारीमा केही दशक अघिसम्म लटरम्म रैथाने बोडी, काँक्रा, लौका, फार्सी र भिण्डी फल्थ्यो । पछिल्ला वर्षमा रैथाने ती तरकारी फल्न छाडेको उनको अनुभव छ । उनले यस वर्ष पनि मकैसँगै रैथाने तरकारीको बीउ छरे पनि उत्पादन राम्रो नभएकोमा किसान थारुलाई दिक्क लागेको छ ।
अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरमा किसानको भरोसा
अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरमा किसानको भरोसा जिल्लाका किसान वर्षदिन कठोर परिश्रम गर्छन्। बाली स्याहार्ने बेला भने ‘हात लाग्यो शून्य’ भनेजस्तो हुन्छ । वन्यजन्तुले आधाभन्दा बढी अन्नबाली नष्ट गरिदिन्छन्। त्यसबाट आजित बनेका पाल्पाका  किसान पछिल्लो समय भने वैकल्पिक खेतीतर्फ लागेका छन् । खेतबारीमा लगाएको मकै, कोदो लगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि  किसानले विकल्पका रुपमा...
भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानको उत्पादनले पायो बजार
भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानको उत्पादनले पायो बजार बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिइन् । 
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा दाङको घोराहीमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
गुल्मीमा मकैको डाँठबाट गुड र खुदो उत्पादन
गुल्मीमा मकैको डाँठबाट गुड र खुदो उत्पादन यहाँ मकैको हरियो डाँठबाट गुड र खुदो उत्पादनको सफल परीक्षण गरिएको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाले  पहिलोपटक मकैको डाँठबाट रस निकालेर खुदो बनाउने प्रविधिको परीक्षण गरेको हो ।
‘च्याउ दिदी’ तुलसाको १८ वर्षे संघर्ष : च्याउखेतीबाट करोडौँको सफलता
‘च्याउ दिदी’ तुलसाको १८ वर्षे संघर्ष : च्याउखेतीबाट करोडौँको सफलता तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थोकी छन् । उनले निरन्तर १८ वर्षदेखि दाङमा च्याउखेती गर्दै आएका कारण आजकाल स्थानीयले उनलाई च्याउ दिदीका उपनामले चिन्ने गरेका हुन् ।
हराउँदै कोदो, बढ्दै माग
हराउँदै कोदो, बढ्दै माग पाल्पा, गुल्मीसहित पहाडका बारीहरूमा कुनै समय हरियाली छर्दै लहलहाउने कोदो अहिले विस्तारै ओझेल पर्दै गएको छ । बिहान बारीतिर जाँदा कोदोका बाला हावासँगै लहराइरहेको दृश्य ग्रामीण जीवनको परिचय मानिन्थ्यो । 
गड्यौला मल उत्पादनमा किसानहरु
गड्यौला मल उत्पादनमा किसानहरु सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा लागेका कारण उनको दैनिकी बदलिएको हो । उनी पहिले ११ का जग्गामा कागती तथा तरकारीखेती गर्ने गर्थे । आजकाल भने गड्यौला मल उत्पादनमा व्यस्त छन् । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी  ३४ वर्षीया सुलोचना शेर्पाले झन्डै १८ महिना अघि लिएको  तालिम र कृषि...
Weather Update