जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने
मंगलबार, चैत १७, २०७७

जीपी कोइराला फाउण्डेसन पाल्पाले गिरिजा बाबुलाई यसरी सम्झियो
शनिबार, चैत ७, २०७७
फाउण्डेशनले गिरिजा बाबुको तस्वीरमा माल्यापर्ण गर्दै उनको राजनितिक योगदान र विचारको चर्चा गर्दै सम्झिएको छ । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले गिरिजा बाबु नेपालको राजनितिक प्रजातान्त्रिक आन्दोलनको प्रमुख योद्धा भएको सम्झदै कोइरालाकै अगुवाईमा नेपालमा शान्ति प्रक्रिया अघि बढेको स्मरण गरे । उनले नेपालको लोकतान्त्रिक...

राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनःपहाडी
सोमबार, चैत २, २०७७
बुटवल, राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनले विनोद पहाडीलाई अध्यक्षमा चयन गरेको छ । लुम्बिनी प्रदेशको बुटवलमा भएको महाधिवेशनले पहाडीलाई पुनः अध्यक्षतामा चयन गरेको हो ।

आगामी मंसिर २ देखि एमालेको महाधिवेशन हुने
शुक्रबार, फागुन २८, २०७७
नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले दसौं महाधिवेशनको मिति तोकेको हो । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन ।

संविधान च्यात्न खोज्ने शक्ति नै सकिन्छ : काँग्रेस नेता खाँण
शुक्रबार, फागुन २८, २०७७
नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान च्यात्न खोज्ने शक्ति नै सकिने बताएका छन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै नेता खाँणले संविधानलाई च्यात्ने शक्ति आफै सकिएर जाने बताएका हुन् ।

अध्यक्ष दाहालबाट शान्तिपूर्ण आन्दोलनमा जोड
शुक्रबार, फागुन २८, २०७७
रुपन्देही, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा भएकाले रक्षाका लागि शान्तिपूर्ण आन्दोलन अपरिहार्य...

गुल्मीमा पनि राखियो एमालेको बोर्ड
बुधबार, फागुन २६, २०७७
गुल्मी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी एमाले लेखिएको बोर्ड राखिएको छ । जिल्ला सदरमुकाम तम्घास स्थित मदन आश्रीत भवनमा पार्टीका जिल्लास्तरका नेता तथा कार्य कर्ताहरुको उपस्थितीमा बोर्ड राखिएको अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य काशीराम पाण्डेयले जानकारी दिए ।

पाल्पामा नेकपाको बोर्ड झिकेर एमालेको राखियो
मंगलबार, फागुन २५, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी
सोमबार, फागुन २४, २०७७
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग सोमबार कुराकानी गर्दै उनले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताए ।

ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज !
आइतबार, फागुन २३, २०७७
सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । सर्वोच्च अदालतले आइतबार नेकपाको आधिकारिकता विवादको छिनोफानो सुनाएसँगै ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज भएको हो ।

सरकार र विप्लव समूहबीच सहमतिमा हस्ताक्षर
शुक्रबार, फागुन २१, २०७७
काठमाडौं, नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् । दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि...