Shittalpati
प्रदेश पाँच सरकारबाट १८ पक्की पुल बन्दै
प्रदेश पाँच सरकारबाट १८ पक्की पुल बन्दै आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश पाँच अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ पक्की पुल निमार्ण जारी राखेको छ । प्रदेश सरकारको लगानीमा तीन जिल्लामा सानो तथा ठूलो लगानीमा ती पुल निर्माण भइरहेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले जनाएको छ । मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका...
रुपन्देहीमा पाँचको हत्या
रुपन्देहीमा पाँचको हत्या रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्तिले सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी...
रामपुरमा रुखबाट खसेर एक युवकको मृत्यु
रामपुरमा रुखबाट खसेर एक युवकको मृत्यु जिल्लाको रामपुर नगरपालिका १० थोत्रीबारीमा रुखबाट खसेर एक युवकको ज्यान गएको छ ।
धारिलो हतियार प्रहार गरी एकको हत्या
धारिलो हतियार प्रहार गरी एकको हत्या कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए । हत्या आरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक जोशीले...
हाइस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, २१ घाइते
हाइस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, २१ घाइते बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
प्रदेश पाँचका छुट्टाछुट्टै स्थानमा भएका घटनामा २ को मृत्यु ४ घाइते
प्रदेश पाँचका छुट्टाछुट्टै स्थानमा भएका घटनामा २ को मृत्यु ४ घाइते प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु चार घाइते भएका छन् । पाल्पाको रैनादेवी छहरा गापा २ बढीदमारमा सोही स्थानका ८८ बर्षको वृद्ध मृत अवस्थामा फेला परेका छन् । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा ३ बाउनगढी मन्दिर नजिक भारतीय नागरिक अन्दाजी २० बर्षका ममोहर चौधरी मृत अवस्थामा फेला...
गुल्मीको इस्मामा हावाहुरीले क्वारेन्टाइन उडाउँदा...
गुल्मीको इस्मामा हावाहुरीले क्वारेन्टाइन उडाउँदा... गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नका लागि चार कोठे क्वारेन्टाइन बनाइएकामा बुधबार छानो उडेको हो ।
गुल्मीका कोरोना संक्रमितको मृत्यु : सामजिक विकास मन्त्रालय
गुल्मीका कोरोना संक्रमितको मृत्यु : सामजिक विकास मन्त्रालय गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले जनाएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए ।
कालिगण्डकीमा बेपत्ता बालक मृत भेटिए
कालिगण्डकीमा बेपत्ता बालक मृत भेटिए गत आईतबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत भेटिएका छन् । जिल्लाको रामपुर नगरपालिका १० मलौटे घाटबाट बेपत्ता भएका दुई जना बालक मृत भेटिएका हुन् । नदीमा पैडी खेल्न गएका रामपुर १० सिकोडाँडाका १० वर्षिय सुनिल भट्टराई र अर्का १० वर्षिय बालक समीर चापागाई बेपत्ता भएका थिए ।...
कालीगण्डकीमा बेपत्ता एक बालकको शव भेटियो
कालीगण्डकीमा बेपत्ता एक बालकको शव भेटियो गत आईतबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ बालक मध्ये १ बालकको शव फेला परेको छ । जिल्लाको रामपुर नगरपालिका १० मलौटे घाटबाट बेपत्ता भएका मध्ये रामपुर १० सिकोडाँडाका रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराईको शव चापाकोट नगरपालिका ७ वनकट्टा स्याङ्जामा शव फेला परेको हो ।
पासोमा परेको चितुवाको पाल्पाबाट उद्दार
पासोमा परेको चितुवाको पाल्पाबाट उद्दार जिल्लाको रैनादेवी छहरा ३ भुवनपोखरीको छचुवामा पासोमा परेको एक चितुवाको उद्दार गरिएको छ ।
Weather Update