Shittalpati
पिकनिक जानेहरुलाई प्रहरीले लखेटे पछि

पाल्पा । लकडाउनको बेला व्यापक तयारी सहित पिकनिक खान गएका युवाहरुलाई प्रहरीले घेरावन्दी गरे पछि समानछोडेर उनीहरु भागाभाग भएका छन् ।

जिल्लाको बगनासकाली वडा ८ शिद्धवावा मन्दिर नजिक पिकनिकका लागि लगेका सबै खाद्यसामग्री, कुखुराको भाले, पेयपदार्थ, मसाला, भाडा, साउण्ड सिस्टम तथा मोटरसाईकल समेत प्रहरीले कब्जामा लिएको जनाएको छ । फरार युवाहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update