दश नयाँ कोरोना संक्रमित थपिए
सोमबार, जेठ ९, २०७९
स्थानीय तहको पहिलो निर्णय, स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म
आइतबार, जेठ ८, २०७९
गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । शुक्रबार पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध गराउने, एम्बुलेन्स खरिद गर्ने लगायतका निर्णय गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रका घरधुरीका लागि न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेको छ ।
माथागढीमा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि
शुक्रबार, वैशाख २३, २०७९
जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको छ । पालिकाले उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रममार्फत प्रोत्साहन गर्न थालेपछि गर्भवती महिलाहरु स्वास्थ्य संस्था जान थालेका हुन् ।
प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया
बिहीबार, वैशाख २२, २०७९
जिल्लाको तानसेनमा प्रजनन् स्वास्थ्य अधिकार र सुक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया भएको छ । आइपास नेपाल र एसएसइसिपिजीको आयोजनमा प्रजनन् स्वास्थ्य अधिकार र सुक्षित गर्भपतन सेवाको पैरवीका लागि जिल्लाका पत्रकारहरुसँग अन्तक्र्रिया भएको हो ।
रामपुरमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरू, आमाहरू उत्साहित
शनिबार, वैशाख १७, २०७९
निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रिया मार्फत छोरी जन्माइन् । गाउँकै अस्पतालमा सेवा पाउँदा उनी औधी खुसी छन् ।
तिनाउ कोभिड पूर्ण खोप सुनिश्चित पालिका घोषणा
बुधबार, वैशाख ७, २०७९
जिल्लाको तिनाउ गाउँपालिका पाल्पाकै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिका कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चिता घोषणा गर्ने ७ सय ५३ स्थानीय तहमध्येमा पाँचौ र गाउँपालिका मध्ये दोस्रो भएको छ ।
पाल्पा रेडक्रसको खोज र खोप अभियान, पालिकालाई शत प्रतिशत कोभिड खोप सुनिश्चत गर्ने
बुधबार, वैशाख ७, २०७९
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले खोज र खोप अभियान सञ्चालन गरेको छ । उसले पाल्पाको निस्दी र पूर्वखोला गाउँपालिकालाई कोभिडको शत प्रतिशत खोप सुनिश्चत भएको गाउँपालिका बनाउनका लागि खोज र खोप अभियान सञ्चालन गरेको हो ।
एक चिकित्सकको भरमा पँचास शैयाको अस्पताल
मंगलबार, वैशाख ६, २०७९
रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएको हो । पँचास शैयाको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न पनि सक्छ ।
बिमा कार्यक्रमको सेवा बन्द गर्ने मिसन अस्पतालको निर्णय स्थगित
मंगलबार, वैशाख ६, २०७९
स्वास्थ्य बिमा बापतको भुक्तानी रोकिँदा सेवा बन्द गर्ने निर्णय गरेको तानसेनको युनाइटेड मिसन अस्पतालले उक्त निर्णय स्थगित गरेको छ । स्वाथ्य बिमा बोर्डबाट केही रकम भुक्तानी भएपछि अस्पतालले सेवा बन्द गर्ने निर्णय स्थगित गरेको हो ।
पाल्पामा ८४ प्रतिशत बालबालिकाले लगाए खोप
बुधबार, चैत ३०, २०७८
जिल्लामा ८४ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धको खोप लगाएका छन् । चैत २३ गतेदेखि सञ्चालन भएको खोप अभियानमा मंगलबार सम्ममा ८४.६६ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धकोे खोप लगाएका हुन् ।
पाल्पामा टाइफाइड खोप अभियान उत्साहजनक
आइतबार, चैत २७, २०७८
जिल्लामा सञ्चालन भएको टाइफाइडविरुद्धको खोप अभियान उत्साहजन देखिएको छ । प्रत्येक स्थानीय तहको वडा–वडामा भएको खोप अभियानमा उत्साहजनक रुपमा सहभागिता देखिएको हो ।
‘स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन’
बुधबार, चैत २३, २०७८
स्वास्थ्य बिमा बापतको भुक्तानी नपाएपछि यहाँका अस्पतालहरुले उपचार सेवा बन्द गर्ने घोषणा गरेपछि जिल्लाका राजनीतिक दलहरुको ध्यानाकर्षण भएको छ । यहाँका ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले अस्पतालहरुले भुक्तानी नपाए सेवा बन्द गर्ने चेतावनी दिएपछि उनीहरुको ध्यानाकर्षण भएको हो ।
पाल्पा र गुल्मीका एक लाख ४१ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइदैं
मंगलबार, चैत २२, २०७८
सरकारले देशैभर एकै चरणमा टाइफाइड विरुद्ध बालबालिकालाई खोप अभियान सुरु गरेको छ । खोप लगाउन छुटेका बालबालिकालाई अभियान पछि नियमित खोपमा टाइफाइड खोप लगाउने गरी अभियान सुरु गरेको हो । नजिकिँदो निर्वाचन, कोभिड विरुद्धको खोप अभियान, एसईई परीक्षा लगायत शैक्षिक सत्रको दोसाँधमा खोप अभियान सुरु हुने भएपछि स्वास्थ्य संस्थाहरु यतिबेला...


