Shittalpati
संक्रमणमुक्त हुने दर बढ्न थाल्यो
संक्रमणमुक्त हुने दर बढ्न थाल्यो पछिल्ला केही दिन यता कोरोना संक्रमणमुक्त हुनेको दर बढ्न थालेको छ । संक्रमणको दर नघटेपनि संक्रमणमुक्त हुनेको दर भने बढ्न थालेको हो । बुधबार पनि नेपालमा कोरोना भाइरस संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर रहेको छ ।
पाल्पामा एकै दिन ५६ संक्रमितले कोरोना जिते , ६८ जनामा संक्रमण पुष्टि
पाल्पामा एकै दिन ५६ संक्रमितले कोरोना जिते , ६८ जनामा संक्रमण पुष्टि जिल्लामा एकै दिन ५६ जना संक्रमितले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २७ जना महिला र २९ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पामा मंगलबार थप ३५ संक्रमित निको, ५८ जनामा संक्रमण
पाल्पामा मंगलबार थप ३५ संक्रमित निको, ५८ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १४ जना महिला र २१ जना पुरुष संक्रमित निको भएका हुन् ।
गर्भवतीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा
गर्भवतीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा आमा र बच्चाको ज्यानलाई पूर्ण सुरक्षित राख्न पाल्पाको रम्भा गाउँपालिकाले पालिका भित्रका सबै गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थासम्म आउँ–जाउँको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।
सोमबार एक सय १० जनामा कोरोना संक्रमण, ५९ जना निको
सोमबार एक सय १० जनामा कोरोना संक्रमण, ५९ जना निको पाल्पामा एक सय १० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा एक सय १० जनामा संक्रमण पुष्टि भएको हो ।
गुल्मीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु
गुल्मीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु गुल्मीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । आइतबारदेखि लक्षित वर्गलाई बुस्टर खोप लगाउन सुरु गरिएको हो । जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौड्यालले बुस्टर खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
आइतबार थप १५ जनामा कोराना संक्रमण पुष्टि
आइतबार थप १५ जनामा कोराना संक्रमण पुष्टि पाल्पामा १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज
ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज सरकारले ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।
कोरोना परीक्षण प्रयोगशाला बन्द
कोरोना परीक्षण प्रयोगशाला बन्द गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ । सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो ।
पाल्पामा थप ६७ जनामा कोराना पुष्टि
पाल्पामा थप ६७ जनामा कोराना पुष्टि पाल्पामा थप ६७ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
तानसेन नगरपालिकाको सेवा स्थगित
तानसेन नगरपालिकाको सेवा स्थगित तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ । नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए ।
Weather Update