Shittalpati
रेसुङ्गा नगरपालिकामा ३ सय ९४ जना नागरिक क्वारेन्टाइनमा
रेसुङ्गा नगरपालिकामा ३ सय ९४ जना नागरिक क्वारेन्टाइनमा जिल्लाको रेसुङ्गा नगरपालिकामा पछिल्लो समय भारतबाट आएका ३ सय ९४ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा ३ सय ४१ जना पुरुष र ५३ जना महिला रहेका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भारत लगायतका तेस्रो मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ ।
लोक दोहोरी प्रतिष्ठान गुल्मीले देखायो महामारीमा सक्रियता
लोक दोहोरी प्रतिष्ठान गुल्मीले देखायो महामारीमा सक्रियता नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सक्रियता देखाएको छ । प्रतिष्ठानले जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण, विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरि सक्रियता देखाएको हो । केही समय अघि सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको प्रतिष्ठानले केही स्थानीय...
मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द
मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क उपचार बापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा अस्पतालमा आर्थिक संकट परेकाले सो सेवा आगामी असार...
गुल्मीका पत्रकारलाई पिपिई
गुल्मीका पत्रकारलाई पिपिई कोरोना महामारीको क्रममा फ्रन्टलाइनमा रहि समाचार सम्प्रेषण गर्ने जिल्लाका पत्रकारहरुलाई पिपिई वितरण गरिएको छ । नेपाली काँग्रेस गुल्मी काठमाडौं सम्पर्क समिति (विपद् व्यवस्थापन समिति) सहयोगमा नेपाल प्रेस युनियन गुल्मीले नेपाल पत्रकार महासंघलाई २५ थान पिपिई सेट वितरण गरेको हो ।
कोरोनाबाट मृत्यु भएका पुरुषको अन्तिम संस्कार गरिदै, उपचारमा संलग्न १९ जना क्वारेन्टाईनमा
कोरोनाबाट मृत्यु भएका पुरुषको अन्तिम संस्कार गरिदै, उपचारमा संलग्न १९ जना क्वारेन्टाईनमा तीन दिन अघि मृत्यु भएका पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षिय पुरुषको उपचारमा संलग्न युनाईटेड मिसन अस्पतालका स्वास्थ्यकर्मी सहित कर्मचारीहरुलाई सेल्फ क्यारेन्टाईनमा राखिएको छ ।
पाल्पाका एक पुरुषको कोरोनाले मृत्यु,मृत्युको संख्या दश पुग्यो
पाल्पाका एक पुरुषको कोरोनाले मृत्यु,मृत्युको संख्या दश पुग्यो भारतको मुम्वईबाट गाउँपालिका आएका उनी १८ गते क्वारेन्टाइनमा पुगेका थिए । उनको विहिबार रिपोर्ट पोजेटिभ आएको भैरहवा जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक,...
तानसेनको आइसोलेशनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट ‘पोजेटिभ’
तानसेनको आइसोलेशनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट ‘पोजेटिभ’ मंगलबार युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
बुटवल कोरोना अस्पतालबाट चार फिर्ता
बुटवल कोरोना अस्पतालबाट चार फिर्ता प्रदेश पाँचमा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना संक्रमण निको भएको छ ।
भारतबाट फर्किएका रामपुरका २ जनामा कोरोना ‘पोजेटिभ’
भारतबाट फर्किएका रामपुरका २ जनामा कोरोना ‘पोजेटिभ’ पिसिआर परीक्षण भएका मध्ये पाल्पाको रामपुर नगरपालिकामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्किएर सीताराम माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका २३ वर्षिय र २८ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।
एकै दिन २ सय ८८ जनामा संक्रमण
एकै दिन २ सय ८८ जनामा संक्रमण कोभिड–१९ को संक्रमण आज एकै दिन २ सय ८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमाम २ सय ८८ जनामा संक्रमण देखिएको बताए । संक्रमितमा २ सय ७० पुरुष र १८ महिला रहेका छन् ।
गुल्मीका स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गरिदै
गुल्मीका स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गरिदै जिल्लाका स्थानीय तहहरुमा आइसोलेशन कक्ष निर्माण गर्न लागिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै स्थानीय तहहरुमा १ सय बेडका आइसोलेशन कक्षा निर्माण गर्न लागिएको हो । यस अघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका ७ स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गर्ने निर्णय गरेको...
नेपाल शिक्षक संघद्धारा राहत कोषमा सहयोग
नेपाल शिक्षक संघद्धारा राहत कोषमा सहयोग नेपाल शिक्षक संघ गलकोट नगर बागलुङले गलकोट नगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दश हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग रकम ग्रहण गर्दै नगर प्रमुख भरत शर्मा गैरेले विपद्का बेला शिक्षक संघले देखाएको सहयोग र...
Weather Update