कृषिको बजेट कर्मकाण्ड मात्र
शुक्रबार, जेठ २०, २०७९

सुरक्षित हवाई उडानमा ध्यान देऊ
बिहीबार, जेठ १९, २०७९
नेपालमा विमान दुर्घटना पटक–पटक दोहोरिने गरेका छन् । आइतबार पनि मुस्ताङको थासाङ गाउँपालिकाको सानुसरे भीरमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भयो । तारा एयरको पोखराबाट जोमसोमतर्फ जाँदै गरेको विमान प्रतिकूल मौसमका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीय तहमा नीति, कार्यक्रम र बजेटको तयारी
बुधबार, जेठ १८, २०७९
स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरी रहेका छन् । यही असार १० भित्र ल्याउनुपर्ने बजेटका लागि स्थानीय तह अहिले तयारीमा जुटेका छन् । स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक वर्षको लागि बजेट ल्याउनु पर्ने हुन्छ ।

बजेट कार्यान्वयन होस्
मंगलबार, जेठ १७, २०७९
सरकारले आगामी वर्षका लागि अर्थात् साउनदेखि लागू हुने गरी विगतमा झैं बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्बको बढीको बजेट प्रस्तुत गरेका छन् । बजेट प्रस्तुत भएपछि बजेटका विषयमा फरक फरक धारणाहरु सार्वजनिक भइरहेका छन् । तर, समग्रमा बजेट सफल...

मंकिपक्सबाट बेलैमा सतर्क बनौं
सोमबार, जेठ १६, २०७९
लामो समयको कोरोना महामारीको त्रासबाट मुक्त हुन लागेको विश्व जगत अहिले फेरी मंकिपक्स संक्रमणको त्रास बोहोर्न बाध्य भएको छ । अफ्रिकासँगै युरोप र अमेरिका जस्ता देशहरुमा मंकिपक्स गराउने नयाँ संक्रमणले पिरोल्न थालेको छ । यसको संक्रमण जोखिममा नेपाल पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गणतन्त्र दिवसको औचित्य
आइतबार, जेठ १५, २०७९
आज १५ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नेपालमा जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मान्ने गरिएको छ । आजको यो दिन नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी र ऐतिहासिक दिन हो । यो नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २४० वर्षे जहानिया शासनको अन्त्य गर्दै जनताको...

नयाँ शैक्षिक सत्रको तयारी
शनिबार, जेठ १४, २०७९
नयाँ शैक्षिक सत्रका लागि विशेष तयारीका साथ सकारात्मक सिकाइ वातावरण निर्माण गरेर विद्यार्थीको सिकाइ उपलब्धिमा अपेक्षित सुधार ल्याउन सकिन्छ । शैक्षिक सत्र सुरू हुनु पूर्व, विद्यार्थी भर्ना काक्रममा र सत्रका प्रारम्भिक दिनहरूमा विद्यालयमा आकर्षण बढाउने र सिकाइ उत्प्रेरणा बढाउनका लागि शिक्षक, अभिभावक र स्वयम् विद्यार्थीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्दछन् ।

तानसेन नगर प्रमुखका चुनौती
शनिबार, जेठ १४, २०७९
स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । परिणाम आएपछि जनप्रतिनिधिहरु बधाइ खाने माला र खादा लगाउने काममा व्यस्त छन् । उनीहरुका लागि अझै केही समय यस्तै काममा बित्ने देखिन्छ । त्यसो त यस अघिका निर्वाचित जनप्रतिनिधिहरुले पनि यस्तै समय बिताएका थिए । अहिलेपनि केही दिन फुलमालामा बित्ने निश्चित छ ।

विद्यार्थीको भविष्यमाथि खेलबाड नगर
शुक्रबार, जेठ १३, २०७९
नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दा समेत पाठ्यपुस्तक पर्याप्त रुपमा भित्रिएका छैनन् । पाल्पासहित देशभर पठनपाठन सुरु भएपनि विद्यार्थीले पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका छन् । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि पाठ्यपुस्तकहरु समयमै उपलब्ध मात्रै नभएका होइनन्, अझ छिट्टै नै त्यसको...

कागजी खोस्टो नबनोस् नीति तथा कार्यक्रम
बिहीबार, जेठ १२, २०७९
हरेक वर्ष जस्तै सार्वजनिक गरिने नीति तथा कार्यक्रम यस वर्ष पनि सार्वजनिक भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ आर्थिक वर्षमा ल्याउने बजेटका लागि मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसदीय परम्परा अनुरुप नै नीति तथा कार्यक्रम प्रस्तुत...

इन्धनको महँगो उपहार
बुधबार, जेठ ११, २०७९
दुई वर्षको कारोना महामारीबाट आर्थिक रुपमा कमजोर बनेका नागरिकहरुका लागि सरकारले पटक पटक इन्धनको महँगो उपहार दिने गरेको छ । आर्थिक रुपमा कमजोर भएका नागरिकलाई सरकारले सहुलियत दिनुपर्नेमा उल्टै महँगीको उपहार दिएको छ । यो अत्यन्त दुखद् र लाजमर्दो विषय हो ।

अबको ध्यान अर्थतन्त्र सुधारमा होस्
मंगलबार, जेठ १०, २०७९
नेपालमा चालू आर्थिक वर्षको सुरुवातदेखि नै अर्थतन्त्रमा संकटका रेखाहरु देखिन थालेका हुन् । त्यतिबेला सरकारको ध्यान राजनीतिक शक्ति संग्रह तथा स्थानीय चुनावमा केन्द्रित भएका कारण पनि अर्थतन्त्र सुधारतर्फ ध्यान जान सकेन । तर, यसो भन्दैमा सरकारले छुट पाउँदैन । त्यो समयमा पनि सरकारले अर्थतन्त्र सुधारका लागि केही पहल गर्नु पथ्र्यो ...

शासक हैन सेवक बन
सोमबार, जेठ ९, २०७९
जेठ ५ गते पहिलो स्थानीय तहले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गरेको छ । योसँगै ६ गतेदेखि नवनिर्वाचित पदाधिकारीहरूले जिम्मेवारी लिएका छन् । मुख्य निर्वाचन अधिकृतसँग शपथ लिँदै पाँच वर्षे कालका निम्ति उनीहरुले विधिवत् काम सुरु गरेका छन् । केही ठाउँमा मतदान प्रक्रियामा गडबडी र कतिपय ठाउँमा मतगणनामा देखिएको सुस्तताका...