प्रधानमन्त्री रोजगार कार्यक्रम : गुल्मीमा दुई हजार बढिले पाए रोजगार
शुक्रबार, मंसिर ५, २०७७

गुल्मीको रेसुङ्गामा मंसिर १३ सम्मको लागि लकडाउन
बिहीबार, मंसिर ४, २०७७
गुल्मीको रेसुङ्गा नगरपालिकाले मंसिर १३ गतेसम्मकम लागि लकडाउन गर्ने घोषणा गरेको छ । नगरमा कोरोना भाईरस (कोभिड–१९)को संक्रमण तिब्ररुपमा फैलिदै गएपछि नगर सरकारले मंसिर ४ गते राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्मका लागि लकडाउन गर्ने घोषणा गरेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम बेपरवाह खर्च, उपलब्धी कम
बिहीबार, मंसिर ४, २०७७
पाल्पा र गुल्मीका अधिकांश स्थानीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने, बाँदर लखेट्ने जस्ता काममा खर्चेका छन् । स्वयंसेवकबाट निःशुल्क हुने काममा पनि राज्यकोषबाट करोडौं खर्च गरेर कार्यकर्तालाई पोस्ने काम भइरहेको भन्दै यो कार्यक्रमको आलोचना हुँदै आएको छ ।

कोभिडबाट प्रभावित तानसेनका युवालाई अभिमुखिकरण
बिहीबार, कात्तिक २७, २०७७
कोभिडबाट प्रभावित बनेका तानसेनका युवाहरुलाई एक दिने अभिमुखिकरण तथा परामर्श दिइएको छ । यूवा उद्यम विकास कार्यक्रम अन्तर्गत तानसेन व८ा नं. द्द, घ, द्ध र ट का छछ जना युवाहरुलाई परामर्श दिइएको हो ।

तिहार आएपछि...
बुधबार, कात्तिक २६, २०७७
तानसेनको तेस्रो सडकमा तिहारका लागि आवश्यक सामन किन्दै सर्वसाधरण । तिहार आउन थालेपछि अहिले तानसेन बजारमा चहल–पहल सुरु भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेपनि मानिसहरू किनमेलका लागि बजार पुग्न थालेका छन् ।

माथागढीमा बजार अनुगमन
मंगलबार, कात्तिक २५, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले बजार अनुगमन गरेकोे छ । गाउँपालिकाको बजार अनुगमन समितिले गाउँपालिका भित्रका चिदीपानी, रूप्से र झडेवाका बजारमा अनुगमन गरेको हो । समितिले ७० वटा पसलहरू अनुगमन गरेको थियो ।

तिहार आएपछि तानसेनमा बढ्दै चहलपहल (फोटो फिचर)
मंगलबार, कात्तिक २५, २०७७
तिहार आउन थालेपछि अहिले तानसेन बजारमा चहलपहल सुरु भएको छ । कोरोनाभाइरसको संक्रमणको जोखिम कायमै रहेपनि मानिसहरू किनमेलका लागि बजार पुग्न थालेका छन् ।

ढाकामा भविष्य खोज्दै
सोमबार, कात्तिक २४, २०७७
इजरायलमा स्याहारसुसार (केयर गिभर) का रूपमा काम गर्दागर्दै जुनुमाया घर्तीमगरलाई थाइराइडले सतायो । शल्यक्रियाले थाइराइड केही थामिएपछि उनले नेपाल फर्कने निर्णय लिए ।

पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण
सोमबार, कात्तिक २४, २०७७
गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि यज्ञशाला, सिद्धबाबा मन्दिर, दृश्यावलोकन स्तम्भ हुँदै पादुकानन्दसम्म जान सिँढी निर्माण गरिएको हो ।
_(1).jpg)
आन्तरिक पर्यटक बढ्दै
सोमबार, कात्तिक २४, २०७७
‘‘प्राकृतिक दृष्टिकोणले रमणीय स्थल रहेकाले पर्यटकहरु यस क्षेत्रमा टहलिन रुचाउँछन् । उद्यानभित्र पुग्ने सिँढी, सुरक्षाका लागि रेलिङ, फूल रोप्नका लागि क्यारी, फोटो खिच्ने स्थल लगायतका संरचना निर्माण गरिएको छ ।’’

बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रामपुरमा जोर–बिजोर प्रणाली
आइतबार, कात्तिक २३, २०७७
जिल्लाको रामपुर नगरपालिकामा कोरोना संक्रमणको बढ्दो जोखिमाई मध्यनजर गर्दै सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । कोरोना संक्रमणको थप जोखिम बढेपछि नगर सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन आइतबारदेखि सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरेको हो ।

माछाबाट जीविका
आइतबार, कात्तिक २३, २०७७
तमानखोला गाउँपालिका–१ सेउलाका टेकमान विकसहित चार जना मिलेर बिहीबार तमानखोलामा दुवाली छेके । ठिहिराउने पानीमा दिनभर खेलेपछि साँझपख १२ किलो माछा मरे । किलोको रु ६५० का दरले बेचे र पैसा बराबर बाँडे ।

कोरोना कहर : थला पर्दै कुखुरापालन व्यवसायी
आइतबार, कात्तिक २३, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका कारण कुखुरापालन व्यवसायी समेत थला परेको छ । महामारीका कारण कुखुराको मासुको खपत नहुनु र महङ्गो मूल्यमा चल्ला र दाना किनेर सस्तोमा कुखुरा विक्री गर्नुपर्दा उठ्नै नसक्ने गरी कुखुरापालन व्यवसायी थला परेको हो ।