Shittalpati
अपाङ्गताको क्षेत्रमा दुई लाख खर्च

पाल्पा(माथागढी), माथागढी गाउँपालिकाले अपाङ्गताको क्षेत्रमा दुई लाख खर्चेको छ । गाउँपालिकाको आठौं गाउँसभामा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले अर्धबार्षिक प्रगती प्रतिवेदन सार्वजनिक गर्दै मागमा आधारित अपङ्ग लक्षित कार्यक्रमको दुई लाख रुपैयाँ रकम खर्चेको जनाएको हो ।
प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले मागमा आधारित अपाङ्ग लक्षित कार्यक्रमले ६८ जना विभिन्न प्रकारका अपाङ्गहरुलाई समेटेको बताए । यस्तै गाउँपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा २३ जना अपङ्गहरु भएका व्यक्तिहरुलाई विभिन्न प्रकारका अपाङ्गता परिचय पत्र समेत वितरण गरेको छ ।

जसमध्ये रातो कार्ड ४ जनालाई, निलो कार्ड १३ जनालाई, पँहेलो कार्ड २ जनालाई र सेतो कार्ड ४ जनालाई प्रदान गरिएको छ । गाउँपालिकाले अहिलेसम्म ३ सय ५९ जना अपा·ता भएका नागरिकहरुलाई परिचय पत्र वितरण गरिसकेको छ । अपाङ्गता भएका व्यक्तिहरुको स्तर र गम्भीरता पहिचान गरी परिचयपत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले बताइन् । उनका अनुसार पूर्ण अशक्तलाई रातो, अति अशक्तलाई निलो तथा मध्यम र सामान्यलाई पहेँलो र सेतो परिचपत्र वितरण गरिएको छ । अहिलेसम्म गाउँपालिकामा रातो पाउने ७१ जना, हरियो पाउने १ सय ६९ जना, पहेँलो पाउने ६३ जना र सेतो पाउने ५६ जना रहेको उपाध्यक्ष भट्टराईले बताइन् । अपा·ता भएकालाई विशेष सेवा सुविधा दिन परिचयपत्र दिदै आएका हौं’ उपाध्यक्ष भट्टराईले भनिन् । त्यस्तै गरी गाउँपालिकाले ६ महिनाको अवधिमा १६ जना जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परिचयपत्र पनि वितरण गरेको छ । जस मध्ये १० जना पुरुष र ६ जनामहिला रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update