गुल्मीदरबार गाउँपालिकाको दोश्रो चौमासिक समिक्षा
शुक्रबार, चैत २७, २०७७
तानसेनमा सुकुम्बासी समस्याको समाधान खोज्दै नगर सरकार
शुक्रबार, चैत २७, २०७७
जिल्लाको तानसेन नगर सरकारले सुकुम्बासी समस्याको समाधानका लागि प्रक्रिया अगाडि बढाएको छ । देशमा सुकुम्बासी र अव्यवस्थित बसोवासीका नाममा विभिन्न क्षेत्रमा जमिन ओगटेर बसेका तर आफ्नो नाममा जमिनको स्वामित्व नभएका परिवारका लागि जमिन वितरण गर्ने सरकारको योजना अनुसार तानसेन नगर सरकारले पनि काम अगाडि बढाएको छ । नगर सरकारले भूमि...
पाल्पा जेसिजको भित्ते पात्रो विमोचन
बिहीबार, चैत २६, २०७७
पाल्पा, जिल्लामा क्रियाशिल सामाजिक संस्था पाल्पा जेसिजले भित्ते पात्रो विमोचन गरेको छ । जेसिजले विहीबार एक कार्यक्रमका बिच २०७८ सालको भित्ते पात्रो विमोचन गरेको
पाल्पाको माथागढी गाउँपालिका ३ मा राष्ट्रिय परिचय पत्रका लागि सेवा लिर्दै सेवाग्राही
बिहीबार, चैत २६, २०७७
पाल्पाको माथागढी गाउँपालिका ३ मा राष्ट्रिय परिचय पत्रका लागि सेवा लिर्दै सेवाग्राही । गाउँपालिका भित्रका ८ वटै वडाहरुमा गत चैत २१ गतेदेखि राष्ट्रिय परिचय पत्र बनाउने अभियान सुरु भएको छ ।
तानसेनमा भूमि समस्या समाधानका लागि अभिमुखिकरण
बिहीबार, चैत २६, २०७७
तानसेनमा भूमि समस्या समधानका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । तानसेन नगरपालिकाको आयोजनामा वडास्तरीय सहजीकरण समितिका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो । भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउनका लागि वडा–वडामा सहजीकरण समिति गठन गरी कार्यक्रम अगाडि बढाइएको छ ।
आज पत्रकार महासंघको निर्वाचन: जिल्लाबाटै मतदान गर्न पाइने
बुधबार, चैत २५, २०७७
नेपाल पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाएपछि बुधबार पहिलो पटक देशभर एकैदिन निर्वाचन हुँदैछ । १३ हजारभन्दा बढी पत्रकार सदस्यहरुले आफ्नो नेतृत्व चयनका लागि मतदान गर्दै छन् । महासंघको आगामी तीन वर्षे कार्यकालका लागि आज नयाँ नेतृत्वको निर्वाचन हुँदैछ । जिल्ला, प्रदेश र केन्द्रको एकैसाथ हुने निर्वाचनमा ७७ वटै जिल्लामा...
डढेलो नियन्त्रणमा पाल्पाका सामुदायिक वनको चासो
बुधबार, चैत २५, २०७७
पाल्पामा पछिल्लो समय आगलागीका घटनाहरु बढ्दै गएका छन् । चैत महिना लागेसँगै यहाँ दिनहुँ जसो जंगलमा आगलागी हुने गरेको पाइन्छ । आगलागीका घटनाहरु बढ्दै गएपछि यहाँका सामुदायिक वनहरुले डढेलो नियन्त्रणमा चासो देखाएका छन् । डढेलोका कारण अधिकांस वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी भएपछि सामुदायिक वनहरुले विशेष चासो देखाएका हुन् ...
पत्रकार महासंघ पाल्पामा अध्यक्षका उम्मेदवार भन्छन् : ‘महासंघलाई साझा संगठन बनाउन्छौ’
मंगलबार, चैत २४, २०७७
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चुनाव बुधबार हुँदैछ । महासंघको २६ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने दिन नजिकिँदै गर्दा सामाजिक सञ्रुजाल पत्रकारहरूकै आकर्षक तस्विर र नाराले रंगिएका छन् । महाधिवेशनले पत्रकारिताको बजार तातेको छ । उम्मेदवारहरुलाई मतदातासँग मत माग्ने चटारो छ । चैत २५ मा हुने निर्वाचनबाट...
कुमारी बैंकद्धारा सरसफाईसँगै डस्टविन वितरण
मंगलबार, चैत २४, २०७७
कुमारी बैंक लिमिटेड तानसेन शाखाका शाखा प्रवन्धक अम्बिका प्रसाद बस्यालद्वारा रणउजेश्वरी भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयलाई डस्टविन वितरण गरिदै । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भगवती मन्दिरका लागि फोहोर संकलन गर्ने डस्टविन दिएको छ ।
निलकुमारी ठाडाको स्मृतिमा निर्मित भवनको उद्घाटन
सोमबार, चैत २३, २०७७
माथागढी गाउँपालिका ३ को वडा सदस्य स्व. निलकुमारी ठाडाको स्मृतिमा निर्माण गरिएको भवन उद्घाटन गरिएको छ । उक्त २ कोठे निर्मित भवनको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै अध्यक्ष थापाले गाउँपालिकाले एकजना असल सदस्य गुमानु परेको भन्दै दुख व्यक्त गरे ...
बजारमा छाडा चौपाया
शुक्रबार, चैत २०, २०७७
तानसेनको शितलपाटी सडकमा छाडा छोडिएका चौपाया । पछिल्लो समय तानसेनका बजार क्षेत्र र बस्तीमा छाडा पशु चौपायाको बिगबिगी बढेको छ ।
पाल्पामा सडक अतिक्रमित घरटहरा भत्काउन थालियो
शुक्रबार, चैत २०, २०७७
जिल्लामा सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकमा अतिक्रमण गरिए बनाइएका संरचनाहरु भत्काउन थालिएको छ । डिभिजन सडक कार्यालय पाल्पाले सडक सिमा अतिक्रमण गरी बनाएका स्थायी तथा अस्थायी संरचनाहरु विहीबारदेखि भत्काउन शुरु गरेको हो । डिभिजन कार्यालयले विगतमा कार्यालय सञ्चालन गरेको आफ्नै भवन भत्काएर अतिक्रमित संरचना भत्काउन कार्यको सुरुवात गरेको छ ।
माथागढीले पनि बालमैत्री गाउँपालिका घोषणा गर्दै
बिहीबार, चैत १९, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले पनि बालमैत्री गाउँपालिका घोषण गर्ने गरी कामलाई तीव्रता दिएको छ । गाउँपालिकालाई बालबालिका मैत्री बनाउन, विभिन्न क्रियाकलापमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न र उनीहरुको हक अधिकार प्रदान गर्ने गरी गाउँपापालिकाले अभियानलाई अगाडि बढाएको हो ।


