Shittalpati
पश्चिम नेपाल बस व्यवसायी र श्रीनगर बीच विवाद

पाल्पा, पश्चिम नेपाल बस व्यवसायीका कर्मचारी र कार्यसमितिका पदाधिकारीले श्रीनगर यातायात सेवा कम्पनीका कर्मचारी र व्यवसायीहरुलाई गरेको दुव्र्यवहारप्रति श्रीनगर यातायात वा कम्पनीको तर्फबाट आपत्ती जनाइएको छ । बुटवलमा लुम्विनी बस टर्मिनलमा उपमहानगरपालिकाको निर्णय तथा अनुमतिमा श्रीनगर यातायात सेवा कम्पनीले टिकट काउन्टर खडा गरेर तोकिएको ठाउँमा सामान ओराल्न नदिएर पश्चिम नेपाल बस व्यवसायी कम्पनीका पदाधिकारी तथा कर्मचारीहरुले गरेको अवरोधप्रति श्रीनगर यातायात सेवाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ ।
नगरसरकारले दिएको अनुमतिप्रति पश्चिम नेपाल बस व्यवसायी प्रालिले गैरकानुनी रुपमा हुलहुज्जत गरी सार्वजनिक यातायात सञ्चालन व्यवस्थापनमा एकाधिकार लाद्न खोज्नु र काउन्टर टंकी निर्माणमा अवरोध गर्नु सार्वजनिक यातायात सञ्चालनमा निषेध गर्नु गैर कानुनी कार्य भएको कुरा प्रकाशित विज्ञप्तीमा जनाईएको छ । श्रीनगर यातायात कम्पनीका सञ्चालक जगत बहादुर बरालको हस्ताक्षर भएको विज्ञप्तीमा लुम्विनी बस टर्मिनलमा उपमहानगरपालिकाको फागुन ७ गतेको बैठकको निर्णय तथा मिति फागुन ९ को गते च.नं. ३७४७ को पत्रानुसार श्रीनगरलाई हाल तम्घास टिकट काउन्टरको पूर्वतर्फ सटाई काउन्टर राख्न दिने र दुवै कम्पनीले संयुक्त रुपमा ६ नम्वर ट्रयाक (लेन) प्रयोग गर्ने गरी अनुमति प्राप्त भएकोमा सो कार्यान्वयन गर्न नदिने कार्य गैरकानुनी भएको उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update