Shittalpati
विदेशबाट फर्केर सामूहिक तरकारी खेती
विदेशबाट फर्केर सामूहिक तरकारी खेती विश्व महामारीका रुपमा फैलिएको कोरोनाले धेरैको भविष्य अन्योल बनाए पनि गुल्मीका युवाले भने नयाँ सोचसहित सामूहिक तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगारसमेत गुमेको बेला यहाँको रेसुङ्गा नगरपालिकाका युवा विदेशबाट फर्केर सामूहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् ।
तानसेनमा संस्थागत विद्यालयको अनुगमन, समितिले बुझायो प्रतिवेदन
तानसेनमा संस्थागत विद्यालयको अनुगमन, समितिले बुझायो प्रतिवेदन तानसेनमा संस्थागत विद्यालयको अनुगमन गरिएको छ । तानसेन नगर सरकारको कार्यापालिकाको बैठकले अनुगमन समिति नै बनाएर तानसेनका २१ वटा संस्थागत विद्यालयमा अनुगमन गरेको हो ।
गुल्मीमा चार स्थानीय तहका आफ्नै प्रहरी
गुल्मीमा चार स्थानीय तहका आफ्नै प्रहरी गुल्मीका स्थानीय तहले सुरक्षाका लागि आफ्नै मातहतमा रहने गरी नगरप्रहरी भर्ना गर्न थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये चार स्थानीय तहले प्रहरी भर्ना गरिसकेका छन् भने केही स्थानीय तह भर्ना गर्ने प्रक्रियामा छन् ।
बूढा बाबुआमाको सहारा बन्न लागेका पेमी रोगसँग लड्दै
बूढा बाबुआमाको सहारा बन्न लागेका पेमी रोगसँग लड्दै बुढेसकालमा सहारा विहीन भएका बुबा–आमालाई हेर्ने दायित्व जो कोही सन्तानको हुन्छ । त्यस्तै दायित्व बोकेका थिए गुल्मीका एक युवकले । एक वर्षअघि बुढा भएका बुबा आमाको हेरचाह गर्ने सपना बुनेका रेसुा नगरपालिका–१४ टेकुवाका २२ वर्षीय मेखबहादुर पेमी अहिले आफै असक्त अवस्थामा छन् ।
गुल्मीमा ड्रयागन र प्यासन फलको व्यवसायिक खेतीको शुरुवात
गुल्मीमा ड्रयागन र प्यासन फलको व्यवसायिक खेतीको शुरुवात जिल्लामा ड्रयागन र प्यासन फलको व्यवसायिक खेतीको सुरुवात भएको छ । मुसिकोट नगरपालिका १ भर्माचौरमा व्यवसायिक रुपमा ड्रयागन र प्यासन फलको सुरुवात भएको हो ।
गुल्मी काँग्रेसले पनि मनायो ४५ औं मेलमिलाप दिवस
गुल्मी काँग्रेसले पनि मनायो ४५ औं मेलमिलाप दिवस गुल्मी जिल्लामा पनि नेपाली काँग्रेसले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । गुल्मी काँग्रेसले सदरमुकाम तम्घासस्थित पार्टी कार्यालय बीपी स्मृति भवनमा एक औपचारिक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो ।
मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ मोटरसाइकल चोरीमा संलग्न पाँच जना काठमाडामैंबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको हो ।
गुल्मीमा उत्पादित वस्तुहरुको गुणस्तर र लेभलिङ गर्न अन्तरक्रिया
गुल्मीमा उत्पादित वस्तुहरुको गुणस्तर र लेभलिङ गर्न अन्तरक्रिया गुल्मीमा उत्पादित वस्तुहरुको लेभलिङ गर्ने उद्देश्यले उद्योगहरु, व्यवसायीहरु र सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा विभिन्न खाद्यवस्तु उत्पादक उद्योगहरुसँग अभिमूखिकरण कार्यक्रम गरेको हो ।
तानसेनमा चोरी गर्ने व्यक्ति पक्राउ
तानसेनमा चोरी गर्ने व्यक्ति पक्राउ तानसेनमा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । शुक्रबार तानसेन नगरपलिका १ का टेक बहादुर गाहाको घरबाट नगद चोरी गर्ने एक व्यक्त पक्राउ परेका हुन् ।
तानसेनमा युवा स्वरोजगार लक्षित कार्यक्रम बारे जानकारी
तानसेनमा युवा स्वरोजगार लक्षित कार्यक्रम बारे जानकारी तानसेनमा सञ्चालित युवा स्वरोजगार लक्षित कार्यक्रमका बारेमा जानकारी गराइएको छ । ग्रामिण आर्थिक विकास संघ रेडा पाल्पाको संयोजन, तानसेन नगरपालिकाको सहकार्य र संयुक्त राष्ट्र संघीय कार्यक्रमको सहयोगमा सञ्चालन भएको कार्यक्रमको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
माथागढी गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण
माथागढी गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण जिल्लाको माथागढी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । गाउँ सरकारले निर्माण गरेको ‘हाम्रो माथागढी’नामक पाठ्यपुस्तकको आईतबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
‘पाल्पाको इतिहास र विरासत जोगाउन निजी क्षेत्र एक जुट बनौं’
‘पाल्पाको इतिहास र विरासत जोगाउन निजी क्षेत्र एक जुट बनौं’ विघठित प्रतिनिधि सभाका सांसद् तथा पूर्वउद्योग मन्त्री सोमप्रसाद पाण्डेले पाल्पाको इतिहास र विरासत जोगाउन निजी क्षेत्र एक जुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् । शनिबार पाल्पा व्यापार संघको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् ।
Weather Update