Shittalpati
कसेनीमा योजना सम्बन्धी छलफल

पाल्पा(माथागढी),  माथागढी गाउँपालिका ३ कसेनीले पञ्चवर्षीय आवधिक योजनासँगै दीर्घकालीन गुरुयोजना बनाउनका लागि छलफल गरेको छ । वडा कार्यालयले वडाको भौगोलिक अवस्था र वस्तुस्थितिलाई समेटेर आवधिक योजना र दीर्घकालीन गुरुयोजनाका लागि छलफल गरेको हो । आगामीे ५ वर्षमा वडालाई समृद्ध वडाको रुपमा चिनाउनका लागि योजना निर्माण गर्न थालिएको अध्यक्ष दिपक थापाले बताए । उनका अनुसार शिक्षा, रोजगारी, स्वास्थ्य उपचार, कृषि उत्पादन, पशुपालन, भूमि व्यवस्थापन, भौतिक पूर्वाधार, वातावरण मैत्री गाउँघर, पर्यटन, सडक, खानेपानी विद्युत तथा सञ्चार लगायतका मूल विषय वस्तुलाई आवधिक तथा दीर्घकालीन योजनामा समावेश गरिने छ । छलफल कार्यक्रमका सहजकर्ता कृष्ण पौड्यालले कसेनीलाई आगामी ५ वर्षमा कहाँ पुर्‍याउन सकिन्छ भन्ने कुरा यहाँका वस्तुस्थितीलाई आधार बनाएर योजना निर्माण गर्नु पर्ने बताए ।

छलफलमा कृषि, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य सामाजिक बनावट, सुशासन, शान्ति सुरक्षा, सेवाप्रवाह निकायले दिएको सेवा, गैरसरकारी संस्थाले गरेको काम, तटबन्ध, व्यापारिक केन्द्र,आन्तरिक आयस्रोत जुटाउने माध्यमको खोजि भित्र रहेका समस्या चुनौती सम्भावनाका विषयमा छलफल गरिएको थियो । छलफल कार्यक्रममा वडा भित्रका वडाका जनप्रतिनिधि, राजनीतिक दल, समाजका अगुवा, महिला, पत्रकार, शिक्षक, बुद्धिजीवी लगाएतको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update