इन्धनमा भारी मूल्यवृद्धि पछि पनि निगम घाटामा
मंगलबार, असार ७, २०७९
पाल्पाका जनप्रतिनिधिलाई प्रेस चौतारीले गर्यो सम्मान
शनिबार, असार ४, २०७९
प्रेस चौतारी नेपाल पाल्पा शाखाले एमालेबाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । चौतारीले एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख टंकनाथ खनाल, उप–प्रमुख काशिका गैरे, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरी प्रसाद पाठक, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रम्भा गाउँपलिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, उपाध्यक्ष राधा कुमारी...
.jpg)
बजेटमा लुम्बिनी प्रदेशको प्राथमिकता कृषि, स्वास्थ्य र शिक्षा
शुक्रबार, असार ३, २०७९
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ । कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले बजेट ल्याएको हो ।

जिसस गुल्मीमा गठबन्धनको प्यानलै विजयी
बुधबार, असार १, २०७९
जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा सत्ता गठबन्धनको प्यानल विजयी भएको छ । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तम्घासमा भएको जिल्ला समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनबाट समन्वय प्रमुखमा नेपाली काँग्रेसका द्रोणबहादुर खत्री १५ मतसहित विजयी भएका हुन् ।

एक महिनामै सरकारको निर्णय फिर्ता
बुधबार, असार १, २०७९
एक महिना अघि आइतबार बिदा दिने संघीय सरकारको निर्णय फिर्ता भएको छ । सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णयको चौतर्फीक आलोचना भएपछि आजदेखि खारेज गरिएको हो । सरकारले बिदा दिन गरेको निर्णयको सुरुमै चौतर्फी विरोध भएको थियो ।

रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम
आइतबार, जेठ २९, २०७९
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा आधारभूत प्राथमिक उपचार तालिम दिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा रेडक्रसले चार दिने आधारभूत प्राथमिक उपचार तालिम दिएको हो ।
लैङ्गिक हिंसा रोक्ने महिला जनप्रतिनिधिको अठोट
आइतबार, जेठ २९, २०७९
तानसेनका महिला नयाँ जनप्रतिनिधिहरुले लैङ्गिक हिंसा रोक्ने अठोट गरेका छन् । लैङ्गिक हिंसा बढ्दै गएपछि उनीहरुले कारण पहिचान गरी रोक्ने अठोट गरेका हुन् ।

पाल्पा र गुल्मीको जिसस निर्वाचन समय तोकियो
शनिबार, जेठ २८, २०७९
स्थानीय तहको निर्वाचन सकिएपछि देशभरका जिल्लाहरुमा जिल्ला समन्वय समितिको निर्वाचन २०७९ हुन लागेको छ । पाल्पा र गुल्मीमा पनि जिल्ला समन्वय समितिको निर्वाचनका लागि समय तालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुले पाल्पामा असार ३ गते र गुल्मीमा असार १ गते निर्वाचनको समय तालिका सार्वजनिक गरेका छन् ।

मिडियाका कर्मचारी तान्दै पाल्पाका सहकारी
शुक्रबार, जेठ २७, २०७९
जिल्लाका गैरसरकारी र सहकारी संस्थाहरुले कर्मचारी भर्नामा चलाखी गरेको पाइएको छ । यहाँका केही प्रतिष्ठित कार्यालयहरुमा काम गरेर अनुभव संगालेका कर्मचारीहरुलाई नो अब्जेक्सन लेटर विना नै ति संस्थाहरुले भर्ना गर्ने गरेको पाइएको हो ।

‘बाबुदाइ’ होटल व्यवसायी हुँदै वडाध्यक्षसम्म
बिहीबार, जेठ २६, २०७९
तानसेनको सामाजिक, राजनीतिक र व्यवसायीक क्षेत्रमा सुपरिचित नाम हो बाबुरत्न शाक्य अर्थात् ‘बाबुदाइ’ । उनलाई सबैले ‘बाबुदाइ’ नामले चिन्ने गर्दछन् । साना हुन वा ठूला सबैका ‘बाबुदाइ’नामले परिचित उनी तानसेनको टक्सारटोलमा २०२६ साल वैशाख २८ गते बुबा शिवरत्न शाक्य र आमा चन्द्रकुमारी शाक्यको सुपुत्रको रुपमा जन्मिएका हुन् ।

रेसुंगा नगर सरकारको पहिलो निर्णय,डायलसिस सेवा सञ्चालन गर्ने
बुधबार, जेठ २५, २०७९
गुल्मीको रेसुंगा नगरपालिकाले जिल्लामै पहिलो पटक डायलसिस मेसिन खरिद गरि गुल्मी अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । नगरप्रमुख खिलध्वज पन्थीले पछिल्लो समय मृगौलाका बिरामीहरु बढ्दै गइरहेको भन्दै बिरामीहरुको सहजताका लागि जिल्लामै डायलसिस सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरेको बताए ।

पाल्पाको तिनाउमा आवाधिक योजना निर्माण गर्न छलफल
बुधबार, जेठ २५, २०७९
पहिलो पाँच वर्ष सकिएसँगै जिल्लाको तिनाउ गाउँपालिकाले आवाधिक योजना निर्माणका लागि छलफल अगाडि बढाएको छ । पालिकाको सक्रियता र लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आर्थिक सहयोगमा पाँच वर्षे आवधिक योजना निर्माणका लागि मसौदा माथि छलफल भएको हो ।