Shittalpati
रामपुर नगर सरकारले दियो आगलागि पीडितलाई राहत

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले आगलागि पीडितलाई राहत उपलब्ध गराएको छ ।  नगरपालिकाले विभिन्न समयमा आगलागिबाट पीडित भएका घरपरिवारलाई राहत उपलब्ध गराएको हो ।

 घर गोठ जलेका परिवारका लागि नगरपालिकाले एक लाख बराबरको राहत प्रदान गरेको छ ।  गत बैशाख २४ गते भएको आगलागिबाट पीडित रामपुर नगरपालिका –२ भलायटारका एक घरपरिवार र बैशाख २६ गते भएको आगलागिबाट पिडित रामपुर नगरपालिका –९ मधुकोटका ५ घर परिवारलाई सामग्री सहित नगद हस्तान्तरण गरेको हो । नगरपालिकाले भलायटारका टिकाराम थापा ,मधुकोटका नारायण कुमारी साठिघरे , लोक बहादुर साठिघरे , लक्ष्मी साठिघरे , जानुमाया साठीघरे र खेमबहादुर साठीघरेको परिवारलाई ६० हजार बराबरको ३५÷३५ पाता जस्तापाता र नगद ४०÷४० हजारका दरले राहत वितरण गरेको छ ।

पीडित परिवारलाई राहत हस्तान्तरण गर्दै  नगर प्रमुख रमणबहादुर थापाले अधिकांश विपद् मानविय त्रृटीका कारण निम्तिने भएकाले सचेत र सजग रहन आवश्यक रहेको  बताए । प्राकृतिक रुपमा आईपर्ने विपद्लाई रोक्न नसके पनि मानवीय त्रुटिका कारण हुने विपद् रोक्न सजग हुनु पर्नेमा उनले जोड दिए । विपद्मा परेका नगरवासीको दुखमा सहयोग गर्ने नगरपालिकाको जिम्मेवारी रहेको भन्दै विपद्का घटनामा राहत सामग्री हस्तान्तरण गर्नु पर्दा दुख लागेको नगर प्रमुख थापाले बताए । उनले क्षति ठूूलो भए पनि  केही सहयोग होस भन्ने उद्देश्यले राहत वितरण गरिएको बताए ।

आगलागि पीडित खेमबहादुर साठीघरेले दुखको समयमा नगरपालिकाबाट राहत वितरण गरेकोमा खुसी व्यक्त गर्दै नगरपालिकालाई धन्यवाद ज्ञापन गरे । उपप्रमुख बाल कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, वडा नं. २ का अध्यक्ष कृष्णबहादुर दर्जी ,९ का वडा अध्यक्ष डिलबहादुर राना, सामाजिक विकास समितिका संयोजक सिमादेवी थापा, रामपुर नरपालिकाका ईन्जिनियर कृष्णबहादुर थापा लगायतको टोलीले पीडितको घरमै पुगेर राहत हस्तान्तरण थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update