Shittalpati
रैनादेवी छहरामा १७ वर्षीय बालकको खोलामा डुवेर मृत्युु

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा खोलामा डुवेर १७ वर्षीय बालकको मृत्युु भएको छ । रैनादेवी छहरा –७ जोगदमारका धनबहादुर रानाको १७ वर्षीय छोरा भीमबहादुर रानाको पौडी खेल्ने क्रममा डुुवेर मृत्युु भएको हो ।

शनिबार पौडी खेल्न भनि घरबाट हिडेका राना वडा नम्वर ७ र ८ को बिचमा पर्ने कञ्चन खोलामा डुवेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update