Shittalpati
राष्ट्रिय महिलाबिच भलिबलको तयारी अन्तिम चरणमा

कृष्ण पोखरेल
पाल्पा, रानीमहल दरवार क्षेत्रमा यही चैत्र २४ गतेदेखी हुन लागेको राष्ट्रिय महिलाबिच भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सञ्जय स्मृति प्रतिष्ठान काठमाडौंको आयोजना, राष्ट्रिय भलिबल संघको सहकार्यमा कालीगण्डकीको किनार रानीमहलको बगरमा हुन लागेको प्रथम सञ्जय स्मृति प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो ।

मंगलबार पत्रकार सम्मेलन गरी तयारीको जानकारी गराइएको छ । प्रतियोगितामा सातै प्रदेश, नेपाल पुलिस, शसस्त्र प्रहरीका महिला खेलाडीको सहभागितामा हुने खेलको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले बताईन् । पाल्पाको पर्यटन प्रवद्र्धन र खेलकुद विकासका लागि प्रतिष्ठानले पहिलो पटक यो प्रतियोगिता सञ्चालन गरेको उनले बताईन । यो प्रतियोगिता तीन दिनसम्म चल्ने छ । बिच महिला भलिवल प्रयोगितामा प्रथम पुरस्कार नगद १ लाख, दोस्रो पुरस्कार नगद ५० हजार रुपैयाँ, उत्कृष्ट खेलाडीका लागि नगद २० हजार रुपैयाँ राखिएको छ । प्रतियोगितामा खेलाडीहरुलाई लिंक हँुदै नकआउट चरणमा खेलाइने आयोजकले जनाएको छ । कार्यक्रममा पाल्पाली नायक धिरन शाक्यले पाल्पाको पर्यटन विकासमा प्रतियोगिताले ठूलो टेवा पुग्ने बताए । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार अशोक महर्जनले कामको सिलसिलाले बसाई काठमाडौमा भएपनि तनमन तथा सहयोग पाल्पामा रहेको बताए । उनले प्रतियोगिताले पाल्पाको खेल र पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग मिल्ने बताए । पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले प्रतियोगिताले पाल्पा र रानीमहलको प्रचार–प्रसारसँगै जिल्ला भित्र पर्यटक भित्र्याउन सहयोग मिल्ने बताए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले खेलकुद गतिविधीको माध्यमबाट पाल्पालाई चलायमान बनाउन सकिने बताए । पाल्पाली संगम काठमाडौका अध्यक्ष पदम न्यौपानेले यो प्रतियोगिताका कारण अन्य राष्ट्रियस्तरका खेलहरु समेत पाल्पामा खेलाउन सकिने बताए । नेपाल भलिवल संघ प्रदेश १ का संयोजक लेखनाथ पराजुलीले प्राय विदेशमा खेलिने बिच भलिवल प्रतियोगिता पाल्पाको रानीमहलमा सञ्चालन हुनु राम्रो शुरुवात भएको बताए । प्रतिष्ठानका सचिव प्रणय राणाको स्वागत र खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update