Shittalpati
गुल्मी खेलकूद विकासमा नयाँ समितिले पदभार समाल्यो

गुल्मी, गुल्मीमा खेलकुद विकास समितिको नयाँ कार्यसमितिले पदभार समालेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालय तम्घासमा निवर्तमान कार्यसमितिको बिदासँगै नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो ।

नवनियुक्त कार्यसमितिलाई स्वागत र निवर्तमान कार्यसमितिलाई बिदाई गरिएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले बताए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य तथा जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । केन्द्र, प्रदेश र स्थानीय सरकारबाट छलफल गरेर बजेट विनियोजन गरी खेलकुदको विकास अपरिहार्य भएको भन्दै उनले नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना दिए । अध्यक्ष भण्डारीले आफू नेतृत्वमा रहेर काम गरिरहँदा जिल्लाको खेलकुद क्षेत्रमा उल्लेखनीय विकास भएको दाबी गरे । गत साउन २६ गते जिल्ला खेलकुद विकास समिति गुल्मीमा मनोज काउछा नेतृत्वको कार्यसमिति बनेको थियो । नवनियुक्त अध्यक्ष काउछाले धेरै समय पछि नयाँ समिति गठन भएको भन्दै खेलकुदको क्षेत्रमा विकास गरिने प्रतिबद्धता ब्यक्त समेत गरेका छन् । समितिका निवर्तमान कोषाध्यक्ष कृष्ण विश्वकर्माले नयाँ कार्यसमितिबाट खेलकुदको विकास हुने बताए ।

खेलकुदको विकासका लागि तीनै तहका सरकारले बजेट विनियोजन गर्नु पर्नेमा राष्ट्रिय युवा परिषद्का जिल्ला अध्यक्षले जोड दिए । नेपाल पत्रकार महासंघका जिल्ला सदस्य रमेश विश्वकर्माले अघिल्लो कार्यसमितिले जस्तै यस कार्य समितिले पनि उल्लेखनीय काम गर्ने विश्वास ब्यक्त गरे । गत साउन २६ गते निर्वाचित भएको नयाँ कार्यसमितिको अध्यक्षमा मनोज काउछा, उपाध्यक्ष कृष्ण थापा, कोषाध्यक्षमा महेश काउछा, सदस्यहरूमा ओसन काउछा, नवराज विक, ईश्वर विक, राजन काउछा, यमुना श्रीस र गीता भुसाल रहेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update