Shittalpati
तानसेनका अमितलाई अष्ट्रेलियामा ‘मोस्ट भ्यालुयबल प्लेअर’को अवार्ड

पाल्पा, पाल्पाको तानसेन नगरपालिका–२ मेहेल धारामा जन्मिएका अमित ज्ञवालीेले अष्ट्रेलियामा ‘मस्ट भ्यालयबल प्लेअर’को अवार्ड जित्न सफल भएका छन् । ज्ञवालीले अष्ट्रेलियाको एडिलेडमा आयोजित क्लवस्तरीय क्रिकेट प्रतियोगिता एक्प्रेट एएनसिए लिग २०२१ मा ‘मोस्ट भ्यालुयबल प्लेअर’ को अवार्ड जित्न सफल भएका हुन् ।

एएनसिएले प्रदान गर्ने सो अवार्ड १०० जना खेलाडीलाई पछि पार्दै उनले प्राप्त गरेका हुन् । उनी हिमालयन ओरियर्स क्रिकेट टिमबाट खेल खेलेका थिए । ज्ञवालीले सो प्रतियोगितामा ३ अर्धशतक सहित कुल ३२९ रन बनाएका थिए । ओरियर्सको कप्तानी गरेका उनले टिमलाई उप–विजेता बनाएका थिए । ओरियर्स फाइनल खेलमा पराजित भएको थियो ।

ज्ञवालीले ड्रिमर्स, फ्रेन्स, हाम्रो क्रिकेट टिम तथा पाल्पाली क्रिकेट पिलियर्सवाट कप्तानका रुपमा सयौँ खेल खेलिसकेका छन् । ज्ञवालीकै कप्तानीमा अण्डर १९ क्षेत्रीय क्रिकेटमा पाल्पाले पहिलो पटक भैरहवालाई हराउदै उपाधि जितेको थियो । सन् २०११ मा विरगञ्जमा भएको एम जि ट्रफिमा ज्ञवालीेले भैरहवा क्षेत्र नं. ४ कोटिममा सहभागिता जनाएका थिए । सो प्रतियोगितामा भैरहवाले उपाधि जित्न सफल भएको थियो । यसका साथै जिल्ला तथा क्लव स्तरीय खेलको नेतृत्व गरेका ज्ञवालीले दर्जनौ उपाधि हात पारेका छन् । नेपाल कर्मस क्याम्पसबाट एम.वि.ए गरेका उनी अध्ययनको साथसाथै क्रिकेटलाई समेत अगाडि बढाउदै आएका छन् । हाल ज्ञवाली अध्ययनको शिलसिलामा अष्ट्रेलियामा छन् ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update