Shittalpati
आईपीएल स्थगित

काठमाडौं, इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गरेको हो ।

बीसीसीआई र आईपीएलको गभर्निङ काउन्सिलको आपतकालीन बैठकले तत्कालै लागु हुनेगरी आईपीएलको यस सिजन स्थगित गर्ने निर्णय गरेको एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ । पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्दिमन शाहलाई कोरोना संक्रमण देखिएको थियो । त्यसअघि कोलकता नाइट राइडर्सका दुई खेलाडी र चेन्नईका बलिङ प्रशिक्षकसहित ३ जनालाई संक्रमण देखिएको थियो । बीसीसीआईले आईपीएलमा सहभागी खेलाडी, सहयोगी कर्मचारी र आईपीएल खेल सञ्चालनमा संलग्न अन्य सहभागीको सुरक्षामा सम्झौता गर्न नचाहेको जनाउँदै उनीहरुको सुरक्षा, स्वास्थ्य र सबै सरोकारवालाहरुको हितलाई ध्यानमा राख्दै यो निर्णय लिइएको जनाएको छ । बीसीसीआईले अब सबै खेलाडी घर पर्किने बताएको छ । बीसीसीआईले आईपीएल २०२१ मा सबै सहभागीको सुरक्षित व्यवस्थापनका लागि सबै शक्ति लगाउने जनाएको छ । आईपीएल २०२१ लाई अत्यन्त कठिन समयमा पनि आयोजना गर्न यथासक्दो प्रयास गरेकोमा बीसीसीआईले सबै स्वास्थ्य सेवाकर्मीहरू, राज्य संघ, खेलाडीहरू, सहयोगी स्टाफ, फ्रेन्चाइज, प्रायोजक, साझेदार र सबै सेवा प्रदायकलाई धन्यवाद दिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update