Shittalpati
प्रिमियर लिगमा ब्राइटन पराजित

काठमाडौं ,इङ्गिलस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई हराएको छ । सोमबार भएको खेलमा युनाइटेडले ब्राइटनलाई २–१ गोल अन्तरले हराएको हो । ब्राइटनका डेनी वेलबेकले १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा युनाइटेडले दुई वटै गोल दोस्रो हाफमा गरेको हो । युनाइटेडका मार्कस रासफोर्डले ६२ औं र मेसिन ग्रिनबुडले ८३ औं मिनेटमा गोल गरे । प्रिमियर लिगमा ६० अड्ढका साथ युनाइटेड दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ७४ अङ्क छ । १६ औं स्थानको ब्राइटनको ३२ अङ्क छ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update