भारतलाई हराउँदै नेपाल फाइनलमा
खेलकुद
गुल्मीको मदानेमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

रमेश विश्वकर्मा
गुल्मी, गुल्मी जिल्लाको मदाने गाउँपालिकाद्वारा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको छ । गाउँपालिकाको वडा नं. ४, म्यालपोखरी स्थित मेहलेपोखरी माध्यामिक विद्यालयको खेलमैदानमा शनिबार देखि प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए प्रतियोगितामा गाउँपालिका भित्र रहेका आठ वटा माध्यमिक विद्यालयहरुका खेलाडीहरुको सहभागीता रहेको बताइएको छ । गाउँपालिकाको वडा नं. १ मा रहेको अग्लुङ्ग माध्यमिक विद्यालय र प्रतिमान निमा माध्यमिक विद्यालय, वडा नं. २ को बाँझकटेरी माध्यमिक विद्यालाय, वडा नं. ३ को रियाले माध्यमिक विद्यालय, वडा नं. ४ को मेहलेपोखरी माध्यमिक विद्यालयका खेलाडीहरु सहभागी हुने भएका छन् ।
त्यस्तै गाउँपालिकाको वडा नं. ५ को पुर माध्यमिक विद्यालय, वडा नं. ६ को पृथ्वी माध्यमिक विद्यालय र वडा नं. ७ को दिपक माध्यमिक विद्यालयका खेलाडीहरुको सहभागीता हुने भएको मेहलेपोखरी माध्यमिक विद्यालयका शिक्षक धर्मराज पन्थीले जानकारी दिए । प्रतियोगितामा विभिन्न खेल खेलाइने भएको बताइएको छ । जसमा भलिबल प्रतियोगिता गराइने । दौडमा १ सय मि., २ सय मि., ४ सय मि., ८ सय मि., १५ सय मि. र ३ हजार मि. हुने भएको छ । रिले दौडमा १ सय मिटर र ४ सय मिटर को ४÷४ जनाको समुहमा खेलाईने छ । त्यस्तै हाइजम्प, लङ्गजम्प, ट्रीपल जम्प, शटपुट, ज्यावलिङ्ग थ्रो, कबड्डी, मार्सल आर्ट तर्फ काँता लगायतका खेलहरु हुने भएको बताइएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर पछाई सहित गाउँपालिकाका अन्य कर्मचारीहरु, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्मा कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विद्यार्थीहरु लगायतको उपस्थित रहेको थियो ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!