बङ्गलादेशमा भएको म्याराथनमा नेपालकी पुष्पाले जितिन् स्वर्ण
खेलकुद
बङ्गलादेशमा भएको म्याराथनमा नेपालकी पुष्पाले जितिन् स्वर्ण

काठमाडौं, बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितिकी छन् । ढाकामा आइतबार भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । सो प्रतिस्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन् ।
उनले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गरिन् । सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भईन् । गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गरेकी हुन् । भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध छन् । पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चांैथो भए । बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट१३ सेकेण्डमा पूरा गर्नुभयो । दौडका क्रममा उनलाई चोट लागेपछि दौडमापछि परेको प्रशिक्षक धनीराम चौधरीले जानकारी दिए । उनले १३औँ सागमा भने म्याराथनमा स्वण जिते । उक्त प्रतिस्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जिते । भारतकै राजपाल सिंह दुई घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश दुई घण्टा २५ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो भए । –रासस
थप समाचार
Follow Us
View our latest news on any of these social networks!