Shittalpati
तम्घासमा क्रिकेट खेल हुने

गुल्मी । जिल्लाको सदरमुकाम तम्घासमा क्रिकेट खेल हुने भएको छ । पुलचोक युवा क्लवको आयोजनामा यही माघ १ गते तम्घासमा क्रिकेट प्रतियोगिता हुन लागेको हो । खेलमा जिल्लाका १२ वटा स्थानीय तहका खेलाडीहरुको सहभागिता हुने जनाइएको छ । प्रतियोगिताका लागि खेलाडी छनोट समेत गरिएको क्लवका अध्यक्ष नविन श्रेष्ठले बताए । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका कारण जिल्लामा खेलकुदका कुनै पनि कार्यक्रम हुन सकेका थिएनन् ।

लामो समयको लकडाउनपछि सरकारले सबै क्षेत्र खुला गरेपछि जिल्ला खेलकुदका कार्यक्रम सञ्चालन हुन लागेका हुन् । तम्घासमा हुने क्रिकेट खेलले खेलाडीको छुटै पहिचान गराउने क्लवका अध्यक्ष श्रेष्ठले बताए । खेलमा सहभागी मध्ये प्रथम हुने प्रतियोगिले ट्रफि, मेडल, प्रमाणपत्र र नगद पुरस्कार पाउने भएका छन् । त्यस्तै द्धितीय हुनेले ट्रफी, मेडल, प्रमाणपत्र दिइने क्लवले जनाएको छ । खेलमा उत्कृष्ट हुनेलाई आर्कषक पुरस्कारको पनि व्यवस्था गरिएको छ । तम्घासमा हुने क्रिकेट खेल ४ दिनसम्म चल्नेछ । खेलका लागि ४ वटा टिमले सहभागिता जनाउने क्लवले जनाएको छ । क्लवले स्थापनाकाल देखी समाजमा उदारणीय काम समेत गदै आएको छ  ।

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update