खेलकुद

नेपाली फुटबल खेलाडी भारतीय क्लबबाट खेल्ने

Shittalpati Reporter

काठमाडौं । नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । उनले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराएका हुन् । आई लिगका लागि परियार बिहीबार भारत जाँदै छन् । परियार अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुन् । उनले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम (एनआरटी) बाट खेलेका थिए । परियार गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए । अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल
पनि भारतीय क्लवमा आवद्ध भएका थिए । –रासस


प्रकाशित मिति: बिहिवार, आश्विन १, २०७७, १०:५८:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

‘खेलाडीको पीडालाई सही ठाउँमा राख्छु’ बिहिवार, आश्विन १, २०७७, १०:५८:००
एकदिवसीय क्रिकेट अस्ट्रेलियाले जित्यो बिहिवार, आश्विन १, २०७७, १०:५८:००
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत बिहिवार, आश्विन १, २०७७, १०:५८:००