Shittalpati
टी–२० मा भारतको लगातार दोस्रो जित

काठमाडौं, टी–२० क्रिकेट खेलमा भारतले लगातार दोस्रो जित हात पारेको छ । भारतले न्यूजिल्याण्ड विरुद्धको दोस्रो टी–२० क्रिकेटमा ७ विकेटको सहज जित हात पारेको हो । जितपछि भारतले ५ खेलको सिरिजमा २–० को अग्रता समेत बनाएको छ । ओपनर केएल राहुलले अविजित ५७ रन बनाएपछि भारतले १ सय ३३ रनको लक्ष्य १७.३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । अर्का ओपनर रोहित शर्मा ८ र कप्तान विराट कोहली ११ रनमै आउट भए पनि राहुलले इनिङ्स सम्हालेका थिए । उनले तेस्रो विकेटका लागि श्रेयास अयेरसंग ८६ रनको साझेदारी गरे ।

राहुलले ५० बल खेल्द ३ चौका र २छक्काको मद्दतमा ५७ रन बनाए । अयेरले ३३ बल खेल्द १ चौका र ३ छक्का मद्दतमा ४४ रनयोगदान गरे । शिवम दुवेले ८ रनमा अविजित रहे । न्यूजिल्याण्डका लागि टिम साउदीले २विकेट लिए । त्यसअघि अकल्याण्डस्थित एडन पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलुटोली न्यूजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि ओपनर मार्टिनगप्टिल र टिम सेइपर्टले सर्वाधिक ३३/३३ रन बनाए । गप्टिलले २० बल खेल्दै ४ चौँका र २ छक्का प्रहार गरे ।

अवजित रहेका टिम फेइफर्टले २६ बल खेल्दै १ चौका र २ छक्का प्रहारगरे । यस्तै कलिन मनरोले २६, रोस टेलरले १८ र कप्तान केन विलियमसनले १४ रन जोडे । कोलिन डे ग्रान्डहोम ३ रन बनाएर आउट भए । न्यूजिल्याण्डलाई मध्यम स्कोरमा रोक्नभारतीय बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । रवीन्द्र जडेजाले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर, जसप्रित बुमराह र शिवम दुबेले १/१ विकेट लिए । पहिलो खेलभारतले ६ विकेटले जितेको थियो । तेस्रो टी–२० बुधबार Þयामिल्टनमा हुनेछ ।

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update