Shittalpati
‘सिरी ए’ को उपाधि युभेन्टसलाई

काठमाडौं (एजेन्सी) । इटालियन ‘सिरी ए’ को उपाधि युभेन्टसले हात पारेको छ । साम्पडोरियालाई दुई–एक गोलले हराउँदै युभेन्टसले दुई खेल अगाडि नै लिगको उपाधि जित्न सफल भएको हो । टुरिनमा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेर्डिको बेरनरडेस्चीले एक÷एक गोल गरे । यो सहित युभेन्टसले लगातार नवौं पटक ‘सिरी ए’ को उपाधि जितेको छ । खेलको पहिलो हाफको इन्जुरी समयमा मिरालेम पजानिकको पासमा रोनाल्डोले गोल गर्न सफल भएका हुन् । जारी सिजनमा ‘सिरी ए’ मा उनको यो ३१ औं गोल थियो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसका लागि फेर्डिकोले ६७ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । खेलको अन्तिम समयमा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि साम्पडोरीया खेलमा फर्कन सकेन र पराजित भयो । ‘सिरी ए’ मा लगातार नौ सिजनसम्म उपाधि जित्ने युभेन्टस पहिलो टिम बनेको छ । युरोपियन लिगहरुमा युभेन्टस लगातार नौ सिजनसम्म उपाधि जित्ने तीन क्लबमा एउटा बनेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update