Shittalpati
‘खेल्न नपाउँदा ब्याड फिल हुन्छ’

काठमाडौं, नेपाली राष्ट्रिय महिला फुटबल टिमको गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले खेल्न नपाउदाँ ब्याड फिल हुने बताएकी छन् । लकडाउनका कारण फुटबल प्रतियोगिता नभएकाले उनको दैनिकी फेरिएको छ । ‘खेल्न नपाउँदा ब्याड फिल हुन्छ’ एञ्जिला भन्छिन्, ‘जहिल्यै साथीहरुसंग ट्रेनिङ भइरहन्थ्यो । अहिले कोरोनाले गर्दा सबै टाढा–टाढा बस्नुपरेको छ ।’ सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी उनी हलचोकस्थित कार्यालय भने दैनिक जाने गरेकी छन् ।‘

आजकल अफिस जाने, ड्युटी परेको बेला ड्युटी गर्ने’ एञ्जिलाले दैनिकी सुनाइन् ‘सेल्फ ट्रेनिङ गरिरहेको छु । तर मैदानमा खेलेजस्तो हुँदैन ।’ कोरोना भाइरसको महामारी रोक्न सरकारले लकडाउन गरेको पनि एक महिना एक हप्ता बितिसकेको छ । सधैँ खेल खेलिरहने र अभ्यास गरिरहने खेलाडी अहिले दिक्क छन् । महिला फुटबल खेलाडीहरु चैत ३ गतेदेखि धरानमा हुने महिला राष्ट्रिय लिग फुटबलको तयारीमा थिए । तर कोरोनाकै कारण एन्फाले लिग स्थगित गर्‍यो । यस पटकदेखि महिला फुटबलको पनि दोहोरो लिग गर्ने तयारी थियो । पुरस्कार रकम पनि बढाइएको थियो । ‘हामी सबै उत्साहित थियौं,’ एञ्जिलाले भनिन्, ‘अहिले रोकिँदा हाम्रो मेहनत खेर गयो दुःख लाग्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update