काँग्रेसमा सदस्यता विवाद टुंगियो
मंगलबार, भदौ ८, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत
सोमबार, भदौ ७, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेशसभामा विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारका बाबजुत पनि केसीले विश्वासको मत पाएका हुन् ।
गुल्मीको इस्मामा एमालेका दर्जनौं कार्यकर्ता काँग्रेसमा प्रवेश
सोमबार, भदौ ७, २०७८
गुल्मीको इस्मा गाउँपालिका – ३ दर्लामचौरमा नेकपा एमालेका दर्जनौं कार्यकर्ताहरु नेपाली कांँग्रेसमा प्रवेश गरेका छन् । इस्मा गाउँपालिकामा रहेका नेकपा एमालेका जनप्रतिनिधिहरुबाट असन्तुष्ट भई एमालेका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश हुन् ।
लुम्बिनी प्रदेश सभाको बैठक तेस्रो दिन पनि स्थगित
शुक्रबार, भदौ ४, २०७८
लुम्बिनी प्रदेश सभाको बैंठक तेस्रो दिन बिहीबार पनि अवरुद्ध भएको छ । विपक्षी दल एमालेले दुई प्रदेशसभा सदस्यलाई पदमुक्तको माग गर्दै लगातार अवरुद्ध गर्दै आएपछि बैठक पुनः स्थगित भएको हो । बिहीबार बस्ने भनिएको तेस्रो बैठक सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा सूचना टाँसेर स्थगित भएको छ ।
लुम्बिनी प्रदेश सभामा विपक्षीको अवरोध
मंगलबार, भदौ १, २०७८
लुम्बिनी प्रदेश सभाको बैठकमा विपक्षी दल एमालेको अवरोधपछि मंगलबारको बैठक केहीबेर चलेर स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेको थियो । सांसद अजय बहादुर शाही र विमला वलीको विषयमा निर्णय लिन दवाव दिँदै एमालेले बैठकमा अवरोध गरेको हो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त
बिहीबार, साउन २८, २०७८
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
बुधबार, साउन २७, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएका छन् ।
मुुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
४१ राजनीतिक दलको दर्ता खारेज, हेर्नुहोस् नामवली सहित
मंगलबार, साउन १९, २०७८
विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज भएको छ । निर्वाचन आयोगले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्र आयोगमा नबुझाउने राजनैतिक दलहरुको दल खारेज गरेको हो ।
लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त
शुक्रबार, साउन १५, २०७८
लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीनजना सांसद पदमुक्त भएका छन् । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय हुन् ।
लुम्बिनीको प्रदेश प्रमुखमा शेरचन सिफारिस
मंगलबार, साउन १२, २०७८
मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले लुम्बिनी प्रदेशको प्रमुखमा धर्मनाथ यादवलाई बर्खास्त गरेर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले जनताको चाहाना र अपेक्षा अनुसार काम गर्नुपर्छ : डा. महत
सोमबार, साउन ११, २०७८
नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारले जनताको चाहाना र अपेक्षा अनुसार काम गर्नु पर्ने बताए । नेपाली काँग्रेस गुल्मीले सोमबार बिपी स्मृति भवन तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले जनताका चाहना र अपेक्षा बुझेर नै वर्तमान सरकारले काम गर्नु पर्ने बताएका हुन् ।
माधव समूह पार्टी एकता गर्न नआए अब कुरेर नबस्ने : नेता ज्ञवाली
सोमबार, साउन ११, २०७८
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले माधव नेपाल समूह पार्टी एकता गर्न नआए अब कुरेर नबस्ने बताएका छन् । उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशाअनुसार नै पार्टी एकता हुने र एकहप्ता भित्र पनि माधव कमरेड लगायतका साथीहरु तत्काल नआएमा कुरेर नबस्ने बताए ।


