Shittalpati
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

बुटवल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेशसभामा विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारका बाबजुत पनि केसीले विश्वासको मत पाएका हुन् । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका छन् ।

प्रदेशसभामा रहेको कूल ८० सदस्यमध्ये ‘हुन्छ’ भन्ने पक्षका ४२ सदस्य कुलसंख्याको बहुमत भएको घर्तीले जानकारी गराए । ‘हुन्न’ भन्ने पक्षमा सून्य सदस्य संख्या र उपसभामुख कृष्णी थारु तटस्थ रहिन् । केसीलाई नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादीका ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिह्नबाट चुनाव लडेका विवादास्पद अजय शाही र विमला वलीले उनको पक्षमा मतदान गरेका हुन् । प्रतिपक्षको रुपमा प्रदेशसभामा सहभागी भएकी तारा जीसीले पनि मुख्यमन्त्रीका पक्षमा मतदान गरेकी छन् । नेकपा (एमाले)ले भने चौथो पटक पनि सदन बहिष्कार गरेको छ ।

मुख्यमन्त्री केसीले पाको राजनीतिक पार्टीको राम्रो संस्कार नभएको उल्लेख गर्दै सत्ता बहिर्गमनको आक्रोश भएको टिप्पणी गरे । उनले सत्तामा रहने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेको भन्दै संसदीय प्रक्रियालाई अवरुद्ध गर्न नहुने बताए । विपक्षी एमालेका ३७ सदस्य छन् । गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी माओवादी केन्द्रका संसदीय दलका नेता समेत हुन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update