रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मंगलबार, कात्तिक २२, २०७९

पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु
शुक्रबार, कात्तिक १८, २०७९
पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालक चापकोट नगरपालिका–५ स्याङ्जाका ४१ वर्षीय मोहन प्रसाद पाण्डेको मृत्यु भएको हो ।
.jpg)
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जना घाइते
आइतबार, कात्तिक १३, २०७९
गुल्मीमा जिप दुर्घटना भएको छ । आइतबार बुटबलबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जिप सत्यवती गाउँपालिका –६ स्थित उल्लिखोला र खैरेनी बिच बोटेगाउँमा दुर्घटना भएको हो । जिप सडकमा पल्टिएको छ ।

रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा घाइते एकको मृत्यु
आइतबार, कात्तिक १३, २०७९
जिल्लाको रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको ज्यान गएको छ । गत विहीबार रामपुर नगरपालिका–६ तालपोखरास्थित भित्री पक्की सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तिलकपुरका २२ वर्षीय दानबहादुर कुमालको आइतबार विहान मृत्यु भएको हो ।

पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना : ५ को मृत्यु, २५ घाइते
आइतबार, कात्तिक १३, २०७९
पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीबाट गोरखाको मनकामना जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना भएको छ । मनाकामना दर्शनका लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार विहान बुलिङटार–२, मथारमा दुर्घटना भएको हो ।

खुकुरी प्रहार गरी एकको हत्या
शनिबार, कात्तिक १२, २०७९
खुकुरी प्रहारबाट चितवनको माडीमा एकजनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ४ को मृत्युु, ३ घाइते
शनिबार, कात्तिक ५, २०७९
सशस्त्र प्रहरी बल नेपाल २८ गण हेड क्वाटर कपिलवस्तुको ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्युु भएको छ । सुरक्षा वेश क्याम्प विसनपुर चन्द्रौटाबाट तौलिहवातर्फ जाँदै गरेको ना १ ग ५४४ नम्बरको वानटन ट्रकले साईकल यात्रीलाई ठक्कर दिंदा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी साइकल यात्री एक जना र ३...

बझाङमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु
बुधबार, कात्तिक २, २०७९
बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो ।

स्कुटर दुर्घटनामा गुल्मी हस्तिचौरका एक युवकको मृत्यु
बुधबार, असोज २६, २०७९
रुपन्देहीमा भएको स्कुटर दुर्घटना गुल्मी हस्तिचौरका एक युवकको मृत्यु भएको छ । लु ५५ प ४७५९ नम्बरको स्कुटर मंगलबारराती सिद्धार्थनगर– ४ उद्योगपुरीमा अनियन्त्रित भएर पल्टिँदा गुल्मी हस्तिचौरका २३ वर्षीय सन्तोष खत्रीको मृत्यु भएको हो ।

दशैँको नवमीदेखि पूर्णिमासम्म नै बाढी पहिरोको जोखिम : सतर्क रहन मौसमविद्को आग्रह
आइतबार, असोज १६, २०७९

पाल्पाको छहरामा जिप दुर्घटना हुँदा चार जना घाइते
बिहीबार, असोज १३, २०७९
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, छहरामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । विहीबार विहान बुटवलबाट रैनादेवी छहराको जुठापौवातर्फ जाँदै गरेको लु १ ज १४३१ नम्बरको जिप पाल्पा–अर्घाखाँची अन्तर्गत भित्री पक्की सडक खण्डमा पर्ने छहरा बजार नजिकै दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध
सोमबार, असोज १०, २०७९
दसैँ नजिकिँदै गर्दा हाल देशभरका महत्वूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुञ्चे–स्याफ्रुबेँसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, कर्णाली राजमार्ग र सुर्खेत तल्लो डुङ्गेश्वर–दुल्लु र पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक अवरुद्ध भएका छन् ।