Shittalpati
सक्रिय संक्रमितको संख्या ८ सय ७२ मा झर्‍यो
सक्रिय संक्रमितको संख्या ८ सय ७२ मा झर्‍यो नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ८ सय ७२ मा झरेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा संक्रिय संक्रमितको संख्या ८ सय ७२ पुगेको छ ।
इस्मा गाउँसरकारले पनि मनायो अन्तर्राष्ट्रिय नारी दिवस
इस्मा गाउँसरकारले पनि मनायो अन्तर्राष्ट्रिय नारी दिवस जिल्लाको इस्मा गाउँपालिकाले पनि सोमबार अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । ‘महिलाको सुरक्षा,सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ गाउँसरकारले विभिन्न कार्यक्रमहरुको आयोजना गरी १११ औं अन्तर्राष्ट्रिय नारी दिवस दिवस मनाएको हो ।
महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी
महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग सोमबार कुराकानी गर्दै उनले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताए ।
नारी दिवसले छोएन पाल्पाका श्रमिक महिलालाई
नारी दिवसले छोएन पाल्पाका श्रमिक महिलालाई तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउदै आएकी बगनासकाली गाउँपालिका २ घोरबण्डाकी ३१ वर्षकी पार्वती कुमाल सधैँ जस्तै सोमबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किन । कुमाल तानसेनका किराना पसलहरुमा भारी बोक्ने काम गर्छिन् । एनजेडीले उनलाई आज त अन्तर्राष्ट्रिय नारी (श्रमिक महिला) दिवस तपाईंले मनाउनुभएन ? भन्ने प्रश्न गर्दा...
आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै
आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस आज (सोमबार) विश्वभर मनाइँदै छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । नेपालमा पनि विभिन्न औपचारिक कार्यक्रम गरी १११ औं दिवस मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।
३ लाख ४८ हजार डोज खोप आइपुग्यो
३ लाख ४८ हजार डोज खोप आइपुग्यो नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने कोभिड–१९ विरुद्धको ३ लाख ४८ हजार डोजको खोप आइपुगेको छ । आइतबार टर्किस एयरलाइन्सको विमानमार्फत खोप नेपाल ल्याइएको हो ।
वरिष्ठ पत्रकार चापागाईंलाई विद्यावारिधिको उपाधि
वरिष्ठ पत्रकार चापागाईंलाई विद्यावारिधिको उपाधि वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधिको उपाधि प्रदान गरिने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चापागाईंलाई ‘बौद्ध दर्शन र सञ्चार’ शोध प्रबन्धमा विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज !
ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज ! सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । सर्वोच्च अदालतले आइतबार नेकपाको आधिकारिकता विवादको छिनोफानो सुनाएसँगै ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज भएको हो ।
आफ्नैबाट असुरक्षा
आफ्नैबाट असुरक्षा गुल्मीको रेसुङ्गा नगरपालिका–३ की २१ वर्षीया सम्झना बोहराको आफ्नै माइला ससुरा पर्नेबाटै हत्या भएको छ । ४७ वर्षीय लालबहादुर खत्रीले आफ्नै बुहारी पर्ने सम्झनालाई हत्या गरेको गुल्मी प्रहरीले जनाएको छ । सम्झना गत माघ २९ मा बेपत्ता भएकी थिइन् । फागुन १७ गते घरनजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा बोहराको...
पाल्पामा दोस्रो प्राथमिकताको खोप ७१ स्थानबाट
पाल्पामा दोस्रो प्राथमिकताको खोप ७१ स्थानबाट कोरोना विरुद्धको खोप अभियान अन्तर्गत फागुन २३ गते (आज)देखि जिल्लामा ७१ स्थानबाट खोप लगाइदै छ । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका प्रमुख विश्व विश्वनाथ न्यौपानेका अनुसार दोस्रो प्राथमिकतामा परेका पहिलो चरणका जेष्ठ नागरिकहरुलाई आजदेखि खोप लगाउन थालिएको हो ।
रोटरी क्लवको विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर
रोटरी क्लवको विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर तानसेन नगरपालिका १० तेल्घामा रहेको बालकन्या भगवती आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । रोटरी क्लब अफ पाल्पा लुम्बिनिले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क आँखा तथा दाँतको स्वास्थ्य शिविर आयोजना गरिदिएको हो ।
गुल्मीका स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाइदै
गुल्मीका स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाइदै जिल्लामा दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ । फागुन २३ गतेबाट जिल्लाका १२ वटा स्थानीय तहमध्ये ८ स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानी प्रसाद शर्माले बताए । फागुन २३ गतेदेखि ६५ वर्षभन्दा माथिकालाई दोस्रो चरण अन्र्तगतको पहिलो खोप लगाउने...
Weather Update