Shittalpati
८० वर्षमा नागरिकता !
८० वर्षमा नागरिकता ! अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि ती महिलाले ८० वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।
नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि
नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उनको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो ।
पाल्पादेखि नवलपरासीसम्म चल्ने टिपरलाई ‘टाइम कार्ड’
पाल्पादेखि नवलपरासीसम्म चल्ने टिपरलाई ‘टाइम कार्ड’ पाल्पादेखि नवरलपरासीसम्म चल्ने टिपरलाई टाइम कार्ड लागु गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले टिपरको बढ्दो आतंक रोक्न सोमबारबाट टिपरमा ‘टाइम कार्ड’ सिस्टम लागू गरेको हो ।
बेलायतका राजदूतमा रेग्मी नियुक्त
बेलायतका राजदूतमा रेग्मी नियुक्त राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् ।
नेपालमा पनि नयाँ प्रजातिको कोरोना,बेलायतबाट फर्केका तीन जनामा पुष्टि
नेपालमा पनि नयाँ प्रजातिको कोरोना,बेलायतबाट फर्केका तीन जनामा पुष्टि नेपालमा कोभिड –१९ भाइरस कायमै रहेका बेला पुनः नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको यूके भेरिएन्ट (बी–११७) कोरोना भाइरस पुष्टि भएको जनाएको हो ।
पूर्व उद्योग मन्त्री पाण्डेयलाई कोरोना पुष्टि
पूर्व उद्योग मन्त्री पाण्डेयलाई कोरोना पुष्टि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेयलाई कोरोना संक्रमण भएको छ । शनिबार काठमाडौंको राष्ट्रिय प्रयोगशाला टेकुमा स्वाब परीक्षण गर्दा पाण्डेयलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पाल्पा अस्पतालका अध्यक्ष पाण्डेलाई कोरोना
पाल्पा अस्पतालका अध्यक्ष पाण्डेलाई कोरोना पाल्पा अस्पतालका अध्यक्ष तथा नेकपा पाल्पाका नेता नेत्रप्रसाद पाण्डेलाई कोरोना पोजेटिभ देखिएको छ । गत सातादेखि स्वास्थ्यमा समस्यादेखि आराम गरिरहेका पाण्डेको शनिवार तानसेनस्थित कोभिड–१९ प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको पारिवारिक श्रोतले जनाएको छ ।
नेपालमा २ सय ६६ जनामा कोरोना हुँदा ४ सय डिस्चार्ज
नेपालमा २ सय ६६ जनामा कोरोना हुँदा ४ सय डिस्चार्ज नेपालमा आइतबार २ सय ६६ जनामा कोरोना हुँदा ४ सय डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४ सय जना डिस्चार्ज भएका हुन् ।
मौसम सफा हुन अझै केही दिन लाग्ने
मौसम सफा हुन अझै केही दिन लाग्ने मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
गुल्मीमा ४५ वर्षीय पुरुष मृत भेटिए
गुल्मीमा ४५ वर्षीय पुरुष मृत भेटिए जिल्लाको गुल्मीदरवार गाउँपालिका–१ बरेवाखोलामा ४५ वर्षीय एक पुरुष मृत भेटिएका छन् । रेसुङ्गा नगरपालिका–१४ रातामाटाका ४५ वर्षीय तुलबहादुर विक आइतबार मृत भेटिएका हुन् ।
कोरोना : विदेशमा ३ सय १९ नेपालीको निधन
कोरोना : विदेशमा ३ सय १९ नेपालीको निधन कोभिड–१९ को संक्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३ सय १९ को निधन भएको छ ।
के गर्दै होलान् भुजी किनारका बाढीपीडित
के गर्दै होलान् भुजी किनारका बाढीपीडित गत वर्षात्मा बितण्डा मच्चाएको भुजीखोला मध्य हिउँदमा शान्त छ । गड्गडाउँदै बग्ने खोला यतिबेला सुस्ताइरहेको छ । अपशोच, भुजी किनारका बासिन्दा भने अहिले पनि बेचैनीमा छन्, मनमा परेको बज्रको ज्वाला अझै निभेको छैन । गत भदौ १७ को मध्यरात ढोरपाटन नगरपालिका–९ भुजीखोलामा आएको बाढीको घटना कतिले बिर्सिसके ।
Weather Update