नयाँ जनादेशका लागि निर्वाचन घोषणा अग्रगमन : पोखरेल
आइतबार, माघ ४, २०७७
सेनेटरी प्याड पाएपछि छात्राहरु नियमित विद्यालय
आइतबार, माघ ४, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले निःशुल्क सेनेटरी प्याड वितरण गरेपछि छात्राहरु नियमित विद्यालय आउन थालेका छन् । महिनावारी हुँदा शारीरिक समस्या हुने र पठनपाठनमै समस्या हुने गरेपछि महिनावारीको समयमा छात्राहरु विद्यालय नै नआउने,आएपनि कक्षा छाडेर घर फर्कने छात्राहरु अहिले भने नियिमत विद्यालय जान थालेका हुन् ।
संसद् विघटनविरुद्ध पाल्पा र गुल्मीमा पनि काँग्रेसको प्रदर्शन
शनिबार, माघ ३, २०७७
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शनिबार देशैभरका स्थानीय तहमा आह्वान गरेको विरोध कार्यक्रम पाल्पा र गुल्मीका स्थानिय तहमा पनि भएको छ । काँग्रेसले पाल्पाका १० स्थानीय तह र गुल्मीका १२ स्थानीय तहमा विरोध प्रदर्शन गरेको हो ।
पाल्पाका थप २८ संक्रमितले कोरोना जिते
शनिबार, माघ ३, २०७७
पाल्पामा थप २८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई गत पुष २८ गतेदेखि माघ ३ गतेसम्मको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २८ जना संक्रमितले कोरोना जितेका हुन् ।
प्रधानमन्त्री ओलीको प्रश्न ‘निर्वाचनबाट किन डराउने ?’
शनिबार, माघ ३, २०७७
धानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो संघर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।
एक महिना भित्र ओलीलाई बयलगाडा चढाएर बालकोट पुर्याउँछौं : तामाङ
शनिबार, माघ ३, २०७७
नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का केन्द्रीय सह–संयोजक रञ्जित तामाङले प्रतिगामी तत्वका विरुद्धमा जुट्न पाल्पाली विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
लडेर प्रहरी हवल्दारको मृत्यु
शनिबार, माघ ३, २०७७
हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको...
चिसो बढेपछि विद्यालय बन्द
शनिबार, माघ ३, २०७७
चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए ।
आज देशभरका स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन
शनिबार, माघ ३, २०७७
नेपाली काँग्रेसले आज देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ । काँग्रेसको गत पुस १९ गते बसेको केन्द्रीय समितिको बैठकले शनिबार (माघ ३ गते)संसद् विघटनका विरुद्ध देशभरका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
पाल्पामा यसरी मनाइयो भूकम्प सुरक्षा दिवस
शुक्रबार, माघ २, २०७७
नेपालमा विस १९९० सालमा गएको भूकम्प र २०७२ साल बैशाख १२ गते गएको भूकम्पका कारण ठूलो धन जनको क्षती भएकाले पूर्व तयारी तथा सुरक्षाको विषयमा प्रत्येक बर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवस मनाउदै आइएको हो ।
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो
शुक्रबार, माघ २, २०७७
जिल्लामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–३ की ७८ वर्षीया महिलाको कोरोनाका कारण विहीबार मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार गराइरहेकी ति महिलामा गत पुस २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
गुल्मीमा पनि मनाईयो भुकम्प सुरक्षा दिवस
शुक्रबार, माघ २, २०७७
गुल्मीमा पनि २३ औं राष्ट्रिय भुकम्प सुरक्षा सुरक्षा दिवस मनाईएको छ । ‘बहुप्रकोपिय विपद्मा भुकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मुल नाराका साथ २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईएको हो ।
भोलि देशभरका स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन
शुक्रबार, माघ २, २०७७
नेपाली काँग्रेसले भोली देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ । काँग्रेसको गत पुस १९ गते बसेको केन्द्रीय समितिको बैठकले शनिबार (माघ ३ गते)संसद विघटनका विरुद्ध देशभरका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।


