Shittalpati
सरकार र विप्लव बिच संयुक्त सम्बोधन गर्दै (लाइभ)

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द (विप्लव) र सरकारले संयुक्त रुपमा सम्बोधन गर्दै छन् । करिब तीन वर्ष भूमिगत भएका विप्लवले राष्ट्रिय सभागृहमा सार्वजनिक भई सम्बोधन गदै छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र उनले सम्बोधन गर्ने कार्यक्रम छ । सो समारोहमा शान्ति प्रक्रियामा आउनेलगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने छन् । शान्ति प्रक्रियामा आउने सहमतिसँगै पूर्वी नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका विप्लवलाई प्रहरीले नारायणगढबाट स्कर्टिङ गरेर काठमाडौं ल्याइएको हो । महासचिव विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरी शुक्रबार बिहान काठमाडौं आएका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update