१ सय १७ संक्रमित कोरोना मुक्त
सोमबार, चैत २३, २०७७
आत्मनिर्भर बनाउन महिलालाई चुरा बनाउने तालिम
सोमबार, चैत २३, २०७७
जिल्लाको माथागढी गाँउपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन चुरा बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाई आयातित बस्तु कम गर्न र रोजगारी सिर्जना गर्ने उद्देश्यले पाँच दिने चुरा बनाउने तालिम दिएको हो । वडा नं. ५ हात्तिलुङमा मागमा आधारित तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । तालिमको गाउँपालिका उपाध्यक्ष निर्मला...
पत्रकार महासंघ चुनाव : पाल्पामा २९ जनाको उम्मेदवारी, अध्यक्ष, सचिव, सहसचिव र सदस्यमा प्रतिस्पर्धा हुँदै
आइतबार, चैत २२, २०७७
पाल्पा, आगामी चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनमा पाल्पामा विभिन्न पदमा २९ जनाले उम्मेदवारी दिएका छन् । २५ वटा पदका लागि हुने निर्वाचनमा २९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको जनाएको छ । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार हुन लागेको छ । उम्मेदवारी...
पत्रकार महासंघको निर्वाचनमा माधव अर्यालको उम्मेदवारी फिर्ता
आइतबार, चैत २२, २०७७
नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश)को उम्मेदवारी दिएका माधवप्रसाद अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार उम्मेदवारी फिर्ताको घोषणा गर्दै अर्यालले सोही पदका भवानी पाण्डे (विपुल पोखरेको नेतृत्वको संयुक्त प्यान) लाई समर्थन गर्ने घोषणा गरेका छन् ।
दिवा खाजाले दंग विद्यार्थी, ढुक्क आमाबाबु
आइतबार, चैत २२, २०७७
जिल्लाको रम्भा गाउँपालिका ताहुँका कृष्ण ज्ञवाली एक वर्ष अघिदेखि नियमित विद्यालय जान थालेका छन् । स्थानीय एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ज्ञवालीले विद्यालयमै दिवा खाजा पाएपछि पढाइमा नियमित हुन थालेका हुन् । उनी अहिले विद्यालयमै खाजा खाना पाउँदा दंग छन् । दिवा खाजाकै कारण कृष्ण जस्ता दर्जनौं विपन्न बालबालिकाहरू...
नेपालमा कोरोना संक्रमित थप एकको मृत्यु
शनिबार, चैत २१, २०७७
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका १ सय २८ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको हो ।
प्रधानमन्त्रीद्वारा एकैपटक १ सय ६५ सडक शिलान्यास
शनिबार, चैत २१, २०७७
एक सय ६५ निर्वाचन क्षेत्रमा एक/एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरेका छन् ।
कोरोना खोप किन्न ८ अर्ब ७० करोड ऋण
शुक्रबार, चैत २०, २०७७
कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक...
पाल्पामा थप १५ जनामा कोरोना, संक्रमितको संख्या १९ सय ८८ पुग्यो
शुक्रबार, चैत २०, २०७७
पाल्पा, जिल्लामा केही समय अघि शून्य नजिक पुगेको कोरोना संक्रमणको दर पुनः बढ्न थालेको छ । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वदेशमै श्रम र पसिनाका लागि तालिम
शुक्रबार, चैत २०, २०७७
स्वदेशमै श्रम र पसिना बगाई स्वदेशमै स्वरोजगार बनाउने अभिप्रायले जिल्लामा तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भगत सर्वजित शील्प व्यवसाय सीप विकास तथा प्रवद्र्धन कार्यक्रम अन्र्तगत नेपाल पोशाक सिलाई तालिम दिन थालिएको हो । ‘स्वदेशमै श्रम, स्वदेशमै पसिना’ भन्ने नाराका साथ नेपाल पोशाकहरु विद्यालयको...
पाल्पामा कोरोनाबाट थप एकको मृत्यु
बिहीबार, चैत १९, २०७७
जिल्लामा कोरोनाबाट थप एकको मृत्यु भएको छ । तानसेन नगरपालिका ८ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनका अनुसार ति पुरुषको घरमै मृत्यु भएको हो । मृतक पुरुषको किड्नीमा समस्या रहेको बताइएको छ ।
भारतमा कोरोना भाइरसबाट एकै दिनमा ४ सय ५९ को मृत्यु
बिहीबार, चैत १९, २०७७
बुधबार कोरोनाबाट ४ सय ५९ जनाको मृत्यु भएपछि यहाँ यस प्रकोपको कारण ज्यान गुमाउनेको संख्या एक लाख ६२ हजार ९ सय २७ जना पुगेको उक्त मन्त्रालयले जनाएको छ ।


