Shittalpati
माथागढीमा उपभोक्ता समितिलाई अभिमुखीकरण

पाल्पा(माथागढी), जिल्लाको माथागढी गाउँपालिका–३ कसेनीमा उपभोक्ता समितिलाई योजना सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन हुन लागेका योजनाका विषयमा उपभोक्ता समितिका पदाधिकारीहरूलाई एक दिने अभिमुखीकरण तालिम दिइएको हो ।

तालिममा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले योजनाको सफल कार्यान्वयन र पारदर्शीताका लागि उपभोक्ता समितिका पदाधिकाहरुलाई तालिमले महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरे ।

उनदे सामग्री खरिद ऐन २०७५ अनुसार खरिद गर्नु पर्ने साथै १ करोड सम्मको योजना उपभोक्ता समिति आफैले गर्न पाउने जस्ता नीतिगत कुराहरू रहेका योजनाका कामहरुमा उपभोक्ताको चासो बढेकाले पारदर्शी र निष्पक्ष रुपमा काम गर्न समितिलाई आग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले सबै उपभोक्ता समितिहरुलाई राम्रोसँग कार्य सम्पन्न गर्ने हौसला प्रदान गर्दै योजनामा देखिएका समस्या समाधान गर्न जनप्रतिनिधिलाई समस्या राख्नु पर्ने र जनप्रतिनिधि र कर्मचारीले उपभोक्तालाई पूर्णरूपमा सहयोग गर्ने बताईन । वडा अध्यक्ष दीपक थापाले यस वर्ष वडामा २२ वटा योजनाहरु सञ्चालन हुने बताए । योजना समितिका पदाधिकारीहरुलाई योजना कार्यन्वयन गर्नमा तालिमले महत्वपूर्ण योगदान पुग्नेमा उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रशिक्षक धमेन्द्र कुमार यादवले योजना सञ्चालन सम्बन्धी जानकारी गराएका थिए । ईन्जिनियर सन्देश कार्कीले योजना सम्बन्धी जानकारी दिदै काम कसरी गर्ने भन्ने तरिकाका विषयमा बताएका थिए । लेखापाल प्रवेश धितालले लेखा सम्बन्धी जानकारी गराउदै योजना सम्पन्न पछि काटिने कर लाग्ने लागत अनुसारको स्टमेट अनुसार काम सञ्चालन गर्नुपर्ने काम सम्पन्न पछि मात्र उपभोक्ताले जुटाएको कागजात अनुसार बजेट दिईने बताए । सहभागीको तर्फबाट कुलबहादुर घर्ती मगरले उपभोक्ता समितिले गर्नुपर्ने काम कर्तव्य र अधिकार विषयक अभिमुखीकरण कार्यक्रम उपलब्धिमूलक रहेको धारणा व्यक्त गरे । वडा अध्यक्ष दीपक थापाको अध्यक्षता, लेखा अधिकृत सन्तोष दाहालको स्वागत, सहायक महिला निरीक्षक पुनम चिदीको सञ्चालनमा तालिम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update