Shittalpati
जनउत्थानले खुवायो अपाङ्गता भएकालाई खाना
जनउत्थानले खुवायो अपाङ्गता भएकालाई खाना जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड तानसेनले अपा·ता भएका व्यक्तिलाई एक छाक खाना खुवाएको छ । जनउत्थानले आफ्नो ११ औं वार्षिकोत्वसका अवसरमा तानसेन नगरपालिका– ७ काजीपौवास्थित सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्रमा रहेका ५४ जना अपाङ्गता भएका व्यक्तिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी खाना खुवाएको हो ।
श्रीमानले गरे घाँटी थिचेर श्रीमतीको हत्या
श्रीमानले गरे घाँटी थिचेर श्रीमतीको हत्या बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा गनपतले कुश्माको घाँटी थिची मारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । उनले भने ‘आफ्नै घरको कोठामा श्रीमानले श्रीमतीको घाँटी थिची मारेको खबरप्राप्त हुनासाथ हामी घटनास्थल पुग्यौं,मृतक कुश्माको घाँटीमा शंकास्पद दागसमेत देखिएको थियो ।’
थप ३ सय ३२ जनामा कोरोना संक्रमण
थप ३ सय ३२ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार छ सय जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । बिहीबार थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ ।
पत्रकार महासंघ गुल्मीको अध्यक्षमा अर्याल
पत्रकार महासंघ गुल्मीको अध्यक्षमा अर्याल गुल्मी, नेपाल पत्रकार महासंघ गुल्मीको अध्यक्षमा टोपलाल अर्याल विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा ३० मत ल्याएर अर्याल अध्यक्षमा विजयी भएका हुन् ।
गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ
गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भीर असर देखिएको भन्ने सूचना प्राप्त भएपछि...
पोखरादर–लामेदमार सडकको उद्घाटन
पोखरादर–लामेदमार सडकको उद्घाटन जिल्लाको निस्दी गाउँपालिका –४ मित्यालको पोखरादर –लामेदमार सडकको उद्घाटन गरिएको छ । सडकको एक औपचारिक कार्यक्रमका बिच पूर्व भूमि व्यवस्था मन्त्री तथा संघीय सांसद दलबहादुर रानाले उद्घाटन गरेका हुन् । सडकको उद्घाटन गर्दै पूर्व मन्त्री रानाले सडकको विकास नै स्थानीय तहको विकास भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा राना
नेपाल पत्रकार महासंघ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा राना खसेको कूल मतमा ५९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दी कमल तिमिल्सिनाले २६ मत ल्याएको निर्वाचन समितिका सदस्य भरत प्रसाद आचार्यले जानकारी दिए । त्यस्तै स्वतन्त्रबाट अध्यक्षको उम्मेदवारी दिएका स्वतन्त्र पत्रकार संघका जीवलाल सुवेदीले भने ४ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै सचिवमा प्रेस चौतारी नेपालका यज्ञमूर्ति तिमिल्सिना...
नेपालमा कोरोना संक्रमित बढे
नेपालमा कोरोना संक्रमित बढे नेपालमा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएको छ । कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दै गएपछि संक्रमणको दरमा पनि वृद्धि हुँदै गएको हो । भारतबाट रोजगारी गरेर फर्किएका व्यक्तिमा दैनिक कोरोना संक्रमण पुष्टि हुन थालेको छ ।
पत्रकारितालाई विश्वसनीय र मर्यादित बनाउने नेतृत्व आवश्यक
पत्रकारितालाई विश्वसनीय र मर्यादित बनाउने नेतृत्व आवश्यक ‘हरेक परिवर्तनमा अग्रणी भूमिकामा देखिएको पत्रकारिता अहिले आएर दलको प्रवक्ता जस्तो देखिएको छ । पत्रकारलाई म पत्रकार हुँ भन्न लाज लाग्ने अवस्था आएको छ ।’
सारेम २३ वर्षमा, बोली र भित्तेपात्रो विमोचन
सारेम २३ वर्षमा, बोली र भित्तेपात्रो विमोचन पाल्पा, जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा रहेको सामुदायिक रेडियो मदनपोखरा (सारेम) २३ औं वर्षमा प्रवेश गरेको छ । सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखरा पाल्पाद्वारा सञ्चालित रेडियोले विभिन्न कार्यक्रमहरुको आयोजना गरी स्थापना दिवस मनाएको छ । रेडियोले सोही अवसरमा पत्रिका बोली र सारेम भित्तेपात्रोको सामूहिक विमोचन गरेको छ ।
पाल्पामा तानसेनका ५ जना सहित थप ७ जनामा कोरोना पुष्टि
पाल्पामा तानसेनका ५ जना सहित थप ७ जनामा कोरोना पुष्टि गत चैत २१ गतेदेखि चैत २३ गतेसम्म गरिएको परीक्षणमा १ जना पुरुष र ६ जना महिला गरी ७ जनामा कोरोना पुष्टि भएको छ । ८८ जनाको पिसिआर परीक्षण गरिएकोमा ७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालका ५ जना,पूर्वखोला गाउँपालिकाका १ जना...
Weather Update