Shittalpati
मृगौला पीडित रानालाई आर्थिक सहयोग

पाल्पा, मृगौला पीडितका लागि आर्थिक सहयोग प्राप्त भएको छ । वालिङ नगरपालिका १३ झोलुङ्गे बायटारीका मृगौला पीडित २१ बर्षिय नाजिल रानाको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको हो ।

राना बचाउ अभियानमार्फत विभिन्न संघ संस्था र व्यक्तिहरुबाट एक लाख १६ हजार ९ सय ४५ रुपैयाँ रकम जुटेको छ । रानाको उपचारका लागि हङकङबाट बिकक्ल गुरुङले ४० हजार,बुद्धि सागर भट्टराईको पहलमा स्याङ्जा सहयोग समाज (स्पेन)का अध्यक्ष बिमल गुरुङबाट ३८ हजार १ सय ९५, जापानबाट ओम पुर्जामार्फत १९ हजार ,नाराणघाटबाट बिरेन गुरुङले ११ हजार , प्रिशिला गुरुङले ६ हजार ,रवित थापाबाट १ हजार ७ सय ५०, लोरी श्रेष्ठबाट १ हजार गरी १ लाख १६ हजार ९ सय ४५ रुपैयाँ सहयोग रकम जुटेको हो । उक्त सहयोग रकम पत्रकार टिकाराम अधिकारी र बलु थापा मगरको पहलमा संकलन भएको छ । अझै पनि देश तथा विदेशमा रहेका नेपालीहरुबाट सहयोग रकम आउने क्रम जारी नै छ । उपचारका क्रममा आफुसँग भएको सम्पत्ति पनि सकिएको र अहिले आर्थिक स्थिति कमजोर भएकाले सहयोग गरिदिनका लागि पीडित रानाको परिवारले सबैमा आग्रह गरेको छ ।

रानाको हप्तामा २ पटक डाइलोसिस भई रहेको छ । पीडितको अहिले नेशनल डाइलोसिस सेन्टर गोङगबु काठमाडौंमा उपचार भइरहेको छ । रानाको दुवै मृगौला फेर्नको लागि ३५ लाख लाग्ने भएकाले उपचारका लागि खर्च जुटाउन हम्मे हम्मे भएको पीडितको आमा मिना गुरुङले बताइन् । सहयोग गर्न चाहाने व्यक्तिले नाजिल रानाको नाममा गरिमा विकास बैंक वालिङ शाखामा रहेको खाता नं. ००१०१४००६९५०७५०००००१ रकम जम्मा गरी सहयोग परिवारले आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update