आज देशभर क्रिसमस डे मनाइदैं
शनिबार, पुस १०, २०७८
पुस १० गते सार्वजनिक विदा
शुक्रबार, पुस ९, २०७८
सरकारले क्रिसमस ‘डे’ का अवसरमा यही पुस १० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस ८ गते बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै जानकारी दिए ।
प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला
शुक्रबार, पुस ९, २०७८
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनी भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला परेका थिए ।
रेसुङ्गा र मदाने वन क्षेत्रका स्थानीयलाई आयआर्जन कार्यक्रम
शुक्रबार, पुस ९, २०७८
नेपाल पंक्षी संरक्षण संघ गुल्मीले संरक्षित वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र सम्वद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गर्दै आएको छ । रेसुङ्गा र मदाने वन क्षेत्रमा स्थानीयलाई विभिन्न आयआर्जनका कामहरुमा लगाएर वन क्षेत्रलाई संरक्षण र संवद्धन गर्न महत्पूर्ण काम गर्दै आएको हो ।
रोकिएन अवैध रूपमा बालुवा चोरी निकासी
शुक्रबार, पुस ९, २०७८
जिल्लाका विभिन्न भागमा अवैधरूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो थियो । राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको छ ।
तानसेनमा पारिवारिक लगत विवरण संकलन
शुक्रबार, पुस ९, २०७८
तानसेन नगरपालिकाले सबै घर परिवारलाई पारिवारिक लगत विवरण संकलन गर्न थालेको छ । संकलन विवरणलाई ‘फेमिली कार्ड’ का रुपमा विकास गरी नागरिकलाई उपलब्ध गराउन लागेको हो । नगरपालिकाले १४ वडामा लगत विवरण संकलन गर्न गणक खटाएको हो ।
रेसुङ्गामा नगरस्तरीय बाल अधिकार समिति गठन
बिहीबार, पुस ८, २०७८
गुल्मी जिल्लामा नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको हो । विपद्मा बाल संरक्षण गर्ने उद्देश्यले समिति गठन गरिएको छ ।
रिब्दीकोट गापाको दुध भैरव दुध संकलन मार्फत विक्री गरिने
बिहीबार, पुस ८, २०७८
भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रिब्दीकोट पाल्पाले भैरवस्थानमा दूध संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । दूध संकलन केन्द्रको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष जिसी अब कृषकहरु विचलौयाबाट ठगिन जोगिने विश्वास व्यक्त गरे ।
नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि
बुधबार, पुस ७, २०७८
नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको संक्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा बुधबार एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
रिडर्स पब्लिक हाई स्कूलले मनायो २९ औं वार्षिकोत्सव
बुधबार, पुस ७, २०७८
जिल्लामा रहेको रिडर्स पब्लिक हाई स्कुलले २९ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । जिल्लाको रेसुङ्गा–८ खानीगाउँ तम्घासमा रहेको विद्यालयले २८ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको हो ।
खाजामा रमाउँदै बालबालिका :
बुधबार, पुस ७, २०७८
रिब्दीकोट गाउँपालिकाद्वारा कालिका आधारभूत विद्यालय जोगिधुमका बालबालिका दिवा खाजाको व्यवस्था भएपछि कुमाल समुदायका बालबालिका विद्यालयमा नियमित भएका छन् ।
गाईपालनबाट मनग्य आम्दानी
बुधबार, पुस ७, २०७८
गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक लाहाटाका ३५ वर्षीया लुल्सिराम कुँवर सात वर्ष विदेश बसे । उनले काजकिस्तान दुवै लगायतका देशमा खाना बनाउने काम गर्थे ।
गुल्मीमा विद्यार्थीलाई कोरोना विरुद्धकोे मोडना खोप दिन शुरु
बुधबार, पुस ७, २०७८
गुल्मी जिल्लामा विद्यार्थीलाई कोरोना कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका ९३ वडामा रहेका बिद्यालयहरुमा १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन थालिएको हो ।


