रविको पार्टीविरुद्ध उजुरी
बुधबार, असार ८, २०७९
रवि लामिछाने राजनीतिमा प्रवेश, गरे पार्टीको घोषणा
मंगलबार, असार ७, २०७९
लामो समय सञ्चारकर्ममा लागेका रवि लामिछाने राजनीतिमा प्रवेश गरेका छन् । उनले केही दिन अघि आफ्नो सामाजिक सञ्जालमार्फत सञ्चारकर्मम छाडेर राजनीतिमा प्रवेश गरेको बताएका थिए ।
आफैंले खोलेको स्कूलमा प्रअदेखि अध्यक्षसम्म
सोमबार, असार ६, २०७९
गुल्मीका तिलबहादुर थापा श्रीस ७ कक्षा पढेर लाहुर गए र लाहुरे भए । मरुभूमिभन्दा कम रुखो र कम कठिन छैन उनको जीवन । १७ वर्षको कलिलो उमेरमै संघर्ष गर्दै सन् १९७० मा भारतको गोरखपुरबाट भारतीय सेनामा भर्ती भए ।
यौनिक अल्पसंख्यक र अपाङ्गताबारे बुझ्दै परिवार नियोजन संघ
सोमबार, असार ६, २०७९
जिल्लामा रहेर परिवार नियोजन संघको क्षेत्रमा उल्लेखिय रुपमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघ पाल्पाले यौनिक अल्पसंख्यक, अपा·ता र अन्य समुदायका नागरिकहरुको विषयमा बुझ्ने काम गरेको छ । संघले यौनिक अल्पसंख्यक, अपाङ्गता, दृष्टिविहीन, एचआइभी संक्रमितहरुले भोग्नु परेको समस्या, गुनास र अपेक्षाका विषयमा बुझ्ने प्रयास गरेको हो ।
बगनासकालीका जनप्रतिनिधिले लिए गतिविधिको जानकारी
सोमबार, असार ६, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले पालिकाका कर्मचारीहरुसँग चालु आर्थिक वर्षमा भए गरेका गतिविधिहरुको जानकारी लिएका छन् । नव निर्वाचित जनप्रतिनिधीहरुले जेठ मसान्तसम्म भएका काम गतिविधी, आम्दानी खर्च, विकास निर्माण, शिक्षा, स्वास्थ्य, पुर्वाधार, राजश्व, कृषि, पशु, लगायतका विषयमा कर्मचारीहरुंसँग जानकारी लिएका हुन ।
प्रभावकारी बन्दै ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी
आइतबार, असार ५, २०७९
पछिल्लो समय तानसेन नगरपालिका भित्र रहेका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुको सेवा निकै प्रभावकारी बन्दै गइरहेको छ । बर्थिङ र ल्याव सेवा सञ्चालनमा आए पछि यहाँका स्वास्थ्य चौकीहरुको सेवा प्रभावकारी बन्दै गएको हो ।
मल पाइने भएपछि कृषक खुसी
आइतबार, असार ५, २०७९
रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर पाएका कृषक खुसी भएका हुन् ।
न्यौपाने पुनः चौतारीमा फर्किए
शनिबार, असार ४, २०७९
पत्रकार दयाराज न्यौपाने पुनः प्रेस चौतारी नेपालमा फर्किएका छन् । केही महिना अघि प्रेस चौतारी छोडेर नेपाली काँग्रेस प्रवेश गरेका न्यौपाने पुनः चौतारीमै फर्किएका हुन ।
लोपोन्मुख नौमती बाजा संरक्षण गर्दै मगर युवा
शनिबार, असार ४, २०७९
पाल्पाको बगनासकाली गाउँपालिकाको खानीगाउँका मगर युवाहरु नौमती बाजा संरक्षणमा लागिपरेका छन् । गाम्रीण तथा सहरी क्षेत्रमा नेपाली परम्परागत बाजा नौमतीको धुन गुञ्जिन छाडेपछि चाड पर्वलगायत शुभ कार्यका बेला सुनसान जस्तो बन्दै आएको बेला पछिल्ला वर्षहरुमा भने यहाँका मगर जातिका युवाको अग्रसरताले नौमती बाजाको धुन सुनिन थालेको छ ।
पाल्पा जिससमा एमालेको प्यानलै विजयी
शुक्रबार, असार ३, २०७९
जिल्ला समन्वय समिति पाल्पामा एमालेको प्यानलै विजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई हराउदै एमालेका उम्मेदवारहरु विजयी भएका हुन् ।
‘अथक’ को यात्रा शिक्षकदेखि क्याम्पस प्रमुखसम्म
बिहीबार, असार २, २०७९
नेपाली शब्द कोष अनुसार ‘अथक’ को अर्थ हो नथाक्ने । अर्थजस्तै निरन्तर शैक्षिक, सामाजिक, साहित्यिक र मानवअधिकारका क्षेत्रका क्रियाशिल नाम हो पुष्कर ‘अथक’ रेग्मी ।
स्वास्थ्य स्वयं सेविकाहरुलाई आधारभूत तालिम
बिहीबार, असार २, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य स्वयं सेविकाहरुका लागि आधारभूत तालिम दिएको छ । पालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको लागि १० दिने आधारभूत तालिम दिएको हो ।
माथागढी बन्यो ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’
बिहीबार, असार २, २०७९
जिल्लाको माथागढीलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेपछि घोषणा गरिएको हो । पूर्ण खोप घोषणाका लागि १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ ।

.jpg)
