Shittalpati
पानी नपरेका कारण प्रदूषण बढ्यो
पानी नपरेका कारण प्रदूषण बढ्यो पानी नपरेका कारण केही दिनयतादेखि काठमाडाँै उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ ।
लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान
लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव
त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाश प्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन ।
स्ववियु चुनाव चैत ५ मा गर्न सिफारिस
स्ववियु चुनाव चैत ५ मा गर्न सिफारिस लामो समयदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न सिफारिस गरिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ मा स्ववियुको चुनाव गर्न कार्यकारी परिषद्मा सिफारिस गरेको हो ।
गुल्मीमा १६ प्रतिशतले बढ्यो सुन्तला उत्पादन
गुल्मीमा १६ प्रतिशतले बढ्यो सुन्तला उत्पादन गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा जिल्लामा १६ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । गत वर्ष पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार नौं सय ३६ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा कूल नौ सय...
पत्रकार महासंघ पाल्पाले मनायो स्थापना दिवस तथा साधारणसभा
पत्रकार महासंघ पाल्पाले मनायो स्थापना दिवस तथा साधारणसभा पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ पाल्पा शाखाले ३१ औं स्थापना दिवस तथा साधारणसभा मनाएको छ । संघले तानसेनको श्रीनगरडाँडामा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस तथा साधारणसभा मनाएको हो ।
स्वतन्त्र प्रदेश सांसद माओवादी प्रवेश
स्वतन्त्र प्रदेश सांसद माओवादी प्रवेश लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रदेश सरकार गठनको संघारमै आएर उनी माओवादी प्रवेश गरेका हुन् ।
क्याम्पसलाई रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोग
क्याम्पसलाई रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोग जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । जिल्लाको शैक्षिक धरोहर भनिएको रेसुङ्गा बहुमुखी क्याम्पसलाई आर्थिक संकट भएपछि रेसुङ्गा नगरपालिकाले ५० लाख सहयोग गरेको छ । क्याम्पसलाई सोमबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले क्याम्पस सञ्चालन समितिका अध्यक्ष श्रीप्रसाद भलामीलाई ५० लाखको चेक हस्तातरण गरेका हुन् ।
शिविरले ज्येष्ठ नागरिक र अशक्तलाई राहत
शिविरले ज्येष्ठ नागरिक र अशक्तलाई राहत नरबहादुर रानालाई मिर्गौला सम्बन्धी समस्याले घरदेखि टाढा कामकाजमा आवतजावतमा निकै समस्या छ । डेढ वर्षदेखि मिर्गाैैला सम्बन्धी रोगले ग्रसित रानाले काम विशेषले बाहिर जानुपरेमा एक जना सहयोगीको साहारा लिनुपर्छ । करिब दुई दशकअघि भारतीय सेनाबाट अवकाश लिएका ६५ वर्षीय राना अहिले मिर्गाैलाको नियमित उपचारमा छन् ।
अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द
अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो ।
निमाविमा ६ सय ४७ पदमा शिक्षक छनौट हुन सकेनन्
निमाविमा ६ सय ४७ पदमा शिक्षक छनौट हुन सकेनन् शिक्षक सेवा आयोगले निमावि तहको तृतीय श्रेणीको ६ सय ४७ पदमा शिक्षक छनोट हुन सकेका छैनन् । आयोगले २ हजार ६ सय ६ रिक्त पदमा शिक्षक माग गर्दै परीक्षा सञ्चालन गरेको थियो । तर ६ सय ४७ पदमा शिक्षक छनौट नै हुन नसकेका हुन् ।
सर्वोच्च बारको यही पुस २३ गते निर्वाचन
सर्वोच्च बारको यही पुस २३ गते निर्वाचन सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ । दुई समूहको आ–आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ ।
Weather Update