Shittalpati
आज विश्व मौसम विज्ञान दिवस
आज विश्व मौसम विज्ञान दिवस विश्वभर आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व विज्ञान दिवस मनाउन लागिएको छ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मार्च २३ मा विश्व मौसम विज्ञान दिवस मनाइन्छ । यस दिनले मानव समाजको सुरक्षा र कल्याणमा मौसम विज्ञान र जल विज्ञान सेवाहरूको योगदानलाई पनि...
रिब्दीकोटबाट बेवारिसे व्यक्तिको उद्दार गरी अस्पतालमा उपचार हुँदै
रिब्दीकोटबाट बेवारिसे व्यक्तिको उद्दार गरी अस्पतालमा उपचार हुँदै जिल्लाको रिब्दीकोटबाट एक जना बेवारिसे व्यक्तिको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका –३ स्थित हार्थोक–तिनगिरे सडक खण्डको हिरापोखरामा अचेत अवस्थामा रहेका एक अपरिचित व्यक्तिको प्रहरीले उद्दार गरी युनाइटेड मिसन अस्पतालमा उपचारका लागि पठाएको हो ।
सेवा विस्तार गर्दै रामपुर अस्पताल
सेवा विस्तार गर्दै रामपुर अस्पताल सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ । अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर गर्दै सेवा क्षेत्र थप गरिरहेको छ । यस क्षेत्रका नागरिकलाई आफ्नै गाउँमै सहज सेवा दिलाउन कम साधन स्रोत, जनशक्ति अभावका बीच सेवालाई फराकिलो बनाउँदै गएको...
आज विश्व जल दिवस मनाइदैं
आज विश्व जल दिवस मनाइदैं आज विश्व जल दिवस मनाइदैं छ । हरेक वर्ष मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आएको हो । नेपालमा यस वर्ष विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व जल दिवस मनाईदै छ । पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन सम्बन्धी विभिन्न कार्यक्रमहरु हुने गर्छन् ।
वन डढेलो नियन्त्रण सम्बन्धी मनाइयो सप्ताहव्यापी कार्यक्रम
वन डढेलो नियन्त्रण सम्बन्धी मनाइयो सप्ताहव्यापी कार्यक्रम वन डढेलो नियन्त्रण सम्बन्धी सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाएको छ । हरेक वर्ष वन डढेलोका सम्बन्धी विभिन्न कार्यक्रम गरी प्रत्येक वर्ष चैत १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएको हो ।
अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तार गर्न शन्त सम्मेलन
अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तार गर्न शन्त सम्मेलन गुल्मीको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गामा शन्त सम्मेलन गरिने भएको छ । भारतको अयोध्या र रेसुङ्गाको पुरानो सम्बन्धलाई विस्तार गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले वैशाखको तेस्रो साता सम्मेलन गर्न लागिएको हो ।
विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विपद् पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले विपद् आउनु पूर्वनै यसको रोकथामको तयारी र जोखिमयुक्त स्थानमा विपद् पूर्व तयारी थाल्न ढिलाइ गर्न नहुने बताएका हुन् ।
प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत
प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट सोमबार दोस्रो पटक विश्वासको मत पाएका छन् । प्रचण्डले यसअघि २६ पुसमा विश्वासको मत लिएका थिए । चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले तीन महिनाको बीचमा दोस्रो पटक विश्वासको मत लिएका हुन् ।
गुल्मीका पाँच क्याम्पसमा अनेरास्ववियुको नेतृत्व
गुल्मीका पाँच क्याम्पसमा अनेरास्ववियुको नेतृत्व जिल्लाका ११ क्याम्पसमध्ये ५ वटा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियूले नेतृत्व लिएको छ । सहमतिका आधारमा अनेरास्ववियुबाट मानका टिकराम क्याम्पसमा आकाश खरेल, सत्यवती क्याम्पसमा अस्मिता भण्डारी, दिगाम आदर्श क्याम्पसमा श्रीधर अर्जेल, रुद्रावती बहुमुखी क्याम्पसमा अनिश पाठक र रिडी क्याम्पसमा गंगा कुंवरको नेतृत्वमा स्ववियु गठन भएको हो ।
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँचजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त नवनियुक्त उपराष्ट्रपति रामसहायप्रसाद यादव पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएका चन् । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता तथा कार्यकारिणी समिति सदस्य यादव उपराष्ट्रपति पदमा निर्वाचित भएसँगै पार्टीको जिम्मेवारीबाट राजिनामा दिएका हुन् ।
सहिद बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी
सहिद बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहिद बहुमुखी क्याम्पस रामपुरमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ ।
Weather Update