प्रेस युनियनको केन्द्रीय सचिवमा अर्यालको उम्मेदवारी
आइतबार, असार २६, २०७९
पाल्पामा प्रतिनिधीसभा सदस्यमा गहिरेको स्वतन्त्र उम्मेदवारी
आइतबार, असार २६, २०७९
पाल्पाको बगनासकाली गाउँपालिका –२ पोखराथोकका उपेन्द्रराज गहिरेले आगामी प्रतिनिधिसभा निर्वानको लागि क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । उनले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी राजनीतिक दलको विकृति, विंसंगती, भ्रष्टाचार, जालझेल राजनीति अन्त्य गरी डिजिटल नेपाल निर्माणको लागि प्रतिनिधीसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।
तिनाउमा स्काउट प्रशिक्षक प्रशिक्षण तालिम
शनिबार, असार २५, २०७९
पाल्पा, तिनाउ गाउँपालिकाको आयोजना, शिक्षा शाखाको समन्वयमा गाउँपालिका स्तरीय शिक्षक स्काउट प्रशिक्षक प्रशिक्षण तालिम भएको छ । असार १८ गते देखि सञ्चालन भएको तालिममा पालिकाका २१ वटा आधारभुत विद्यालयका स्काट शिक्षकहरुको सहभागिता रहेको थियो ।
सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ?
शुक्रबार, असार २४, २०७९
प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् ।
बगनासकाली ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा
बिहीबार, असार २३, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार र कोभिड खोप सुनिश्चित गरे पछि पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
रहवासमा गर्भवती आवास गृह
बिहीबार, असार २३, २०७९
जिल्लाको माथागढी गाउँपालिका –७ रहवासमा गर्भवती महिलाहरुका लागि आवास गृह सञ्चालनमा ल्याइएको छ । भौगोलिक विकटताका कारण गर्भवती महिलाहरु समयमै स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था रहेकाले पालिका, वडा कार्यालय र रहवास स्वास्थ्यचौकीले स्वास्थ्यचौकीमै गर्भवती आवास गृह सञ्चालनमा ल्याएका हुन् ।
असार २६ गते सार्वजनिक बिदा
बिहीबार, असार २३, २०७९
इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सरकारले यही असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले एक...
अर्थमन्त्रीले दिए राजीनामा
बुधबार, असार २२, २०७९
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
रामपुरमा एक वृद्ध मृत फेला
बुधबार, असार २२, २०७९
जिल्लाको रामपुरमा एक वृद्ध मृत फेला परेका छन् । रामपुर नगरपालिका ७ विजयपुरस्थित चोक सडक छेउमा ६९ वर्षीय भुवन दमाई मृत फेला परेका हुन् ।
विषादी सेवनबाट रामपुरमा एक वृद्धको ज्यान गयो
बुधबार, असार २२, २०७९
विषादी सेवनबाट पाल्पाको रामपुरमा एक वृद्धको ज्यान गएको छ । आफ्नै घरमा रहेको तरकारीमा प्रयोग गरिने विषादी सेवन गरी रामपुर नगरपालिका १ आरुखर्कका ७५ वर्षीय शेरबहादुर दर्जीको ज्यान गएको हो ।
रैनादेवी छहरा बन्यो ‘पूर्ण खोप सुनिश्चित पालिका’
बुधबार, असार २२, २०७९
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोके अनुसार स्वास्थ्य तथा सरसरसफाइ स्थानीय सरकारको एकल अधिकारको हो । यसको सुरुवात खोपको सुनिश्चितता भएपछि मात्रै सम्भव हुन्छ ।
एकै दिन ९० जनामा कोरोना
मंगलबार, असार २१, २०७९
एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु
मंगलबार, असार २१, २०७९
जिल्लाको मदाने गाउँपालिका वडा–१ अग्लुङमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । सोही ठाउँका १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागेर मृत्यु भएको हो ।


