मतदातालाई धन्यवाद दिन घरदैलोमा मन्त्री राना
बुधबार, मंसिर १४, २०७९
चिसो बढ्दै
मंगलबार, मंसिर १३, २०७९
हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पराजित भएका पाण्डेय मतदातालाई भेट्न घरदैलोमा
मंगलबार, मंसिर १३, २०७९
प्रतिनिधि सभा सदस्यमा पराजित भएका नेकपा एकिकृत समाजवादीका प्रदेश संयोजक सोमप्रसाद पाण्डेय यतिबेला मतदतालाई धन्यवाद दिन घरदैलोमा पुगेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट पराजित भएका पाण्डेय मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका हुन् ।
‘निर्वाचनमा व्यक्ति वा दलको नभई लोकतन्त्रको जित भयो’
मंगलबार, मंसिर १३, २०७९
रुपन्देही क्षेत्र नं.२ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालैको निर्वाचनमा कुनै व्यक्ति वा दलले नभई लोकतन्त्रको जित भएको बताएका छन् ।
सुकुम्बासी हतियारसहित प्रदर्शनमा
सोमबार, मंसिर १२, २०७९
हटाउन खोजेपछि सुकुम्बासीहरु घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् । सोमबार काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय हतियारसहित प्रदर्शनमा उत्रिएका हुन् ।
विवाह पञ्चमी पर्व देशभर मनाइँदै
सोमबार, मंसिर १२, २०७९
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।
३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन
सोमबार, मंसिर १२, २०७९
निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।
गुल्मीमा धान उत्पादनमा कमी आयो
सोमबार, मंसिर १२, २०७९
गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण...
पाल्पामा समानुपातिकमा एमालेको अग्रता
आइतबार, मंसिर ११, २०७९
यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ ।
निवर्तमान ६० सांसद पराजित
आइतबार, मंसिर ११, २०७९
अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् ।
संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहेका मुख्य नेतालाई सदनबाहिर रहन बाध्य तुल्याएको छ ।
समानुतिकतर्फ करिब ८० प्रतिशत मतगणना
आइतबार, मंसिर ११, २०७९
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ ।
काँग्रेस सबै भन्दा बढी स्थानमा विजयी, समानुपातिकमा भने एमाले अगाडि
आइतबार, मंसिर ११, २०७९
प्रतिनिधि सभाको प्रत्यक्षतर्फका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म एक सय ४५ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन् ।


